गाउं गाउंमा फोटो सहितको मतदाता परिचय पत्रको तालिम सुरु

Read Time:2 Minute, 52 Second

दीपा आले

नेपालगन्ज फागुन १६ , गाउं गाउंमा फोटो सहितको मतदाता शिक्षा, मतदाता नामावली, निर्वाचनको प्रक्रियालाई प्रभावकारी बनाउन र निर्वाचन शिक्षा कार्यकर्ता पठाउनकोलागि बांकेमा आज देखि दुई दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । आम जनताले सहज रुपमा निर्वाचनको बारेमा जान्न र बुझ्न सकोस भन्ने उद्देश्यले निर्वाचन आयोगको आयोजनामा निर्वाचन शिक्षा कार्यकर्ता विकास तथा मतदाता नामावली संकलन सम्बन्धि क्षेत्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरिएको हो ।  

प्रमुख जिल्ला अधिकारी ढुण्डीराज पोख्रेलले देश संक्रमण कालीन अवस्थामा गुज्रिएपनि ढिलो चांडो निर्वाचन हुने सम्भावना देखिएको हुंदा निर्वाचन हुने बताउनु भयो ।  उहांले जेठ मसान्त सम्म अर्को संविधान सभाको निर्वाचन हुने अवस्था देखिएको हुंदा अब सबै नेपाली जनताहरु सक्रिए भएर राख्नु पर्ने बताउंदै निर्वाचन पक्रियाको बारेमा सबै तयारी गर्नु पर्ने धारणा राख्नु भयो ।

स्थानीय विकास अधिकारी विश्वराज डोटेलका अनुसार राजनीतिक सहमति भए लगत्तै जेठमा निर्वाचन हुने हुंदा निर्वाचन सम्बन्धी सबै शिक्षा जनता मांझ पुराउनु पर्ने बताउनु भयो । निर्वाचन शिक्षालाई स्थायी स्वरुपमा अघि बढाउनु पर्ने र जनतालाई जति सक्दो निर्वाचन सम्बन्धी सुचना दिनपनि निर्वाचन शिक्षाको प्रशिक्षण महत्व पूर्ण रहेको निर्वाचन आयोगका उपसचिव लक्ष्मीनारायण घिमिरेले जानकारी दिनु भएको थियो ।

त्यसैगरी वरिष्ठ पत्रकार पूर्णलाल चुकेले विगतका दिनमा निवार्चन मतदानको क्रममा फर्जि मतदान गर्ने अवस्था देखिएकोले त्यस्ता प्रक्रियालाई निरुसाहित पार्न विशेष गरी राजनीतिक दलको भूमिका हुनु पर्ने बताउनु भयो भने कार्यक्रमको सहजिकरण आयोगका ममता श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न प्रहरी, पत्रकार, निर्वाचन आयोगका प्रतिनिधिहरुको सहभागीता भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %