मगर भाषा साहित्यमा सर्वप्रथम कृति प्रकाशित गरेका जीतबहादुर सिञ्जाली मगर र स्व. रेखबहादुर थापा मगरलाई संयुक्त रुपमा नेपाल मगर संघले आदिकवि घोषणा गरेकोले सिञ्जालीको सम्मानमा स्याङजा आर्केकोटमा आदिकवि जीत प्राथमिक विद्यालय–२०४८, काठमाडौंमा जीतबहादुर सिञ्जाली मगर साहित्य प्रतिष्ठान–२०५८ स्थापना भएको थियो ।
आफ्नो नाममा स्थापना भएको स्कूल र प्रतिष्ठान दिगोसंग सञ्चालन गर्न दाङ देउखुरी राजपुर–७ खङरानाकाको दशदश कठा जग्गा विद्यालय संचालकका अध्यक्ष पदमबहादुर राना मगर प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरलाई कार्यक्रम आयोजना गरी प्रदान गरेका थिए । गुल्मी ठुलोलुम्पेक मावली घर छेउ ओडारमा जन्मीएका सिञ्जाली मगरले ओडार व्यवस्थापन र बौद्ध विहार निर्माणको लागि पनि दश कठ्ठा जग्गा प्रदान गरेका थिए । सोहि अवसरमा खङरानाका गाउँको माथि डाँडामा गाउँलेहरु माझ बौद्ध विहार निर्माणको लागि शिलान्यास गरेका थिए ।
चारदशक वेपत्ता भएका मगर आदिकवि जीतबहादुर सिञ्जाली मगर सम्बन्धी वृत्तचित्र जीवीत तर मृत्यु म्भबम थभत ब्ष्खिभ निर्माण गरेर राष्ट्रिय, अन्तराष्ट्रिय चलचित्र महोत्सवमा खङरानाका वारे जानकारी गराउन आदिवासी चलचित्र, वृत्तचित्रको माध्यमवाट योगदान पुर्याएका मगर चलचित्रकर्मी, इन्डीजिनस फिल्म अर्काइभका सचिव सञ्जोग लाफा मगरलाई दाङ देउखुरी, राजपुर–७, खङरानाकावासी लगायत मगर आदिकवि जीतबहादुर सिञ्जाली मगरले अभिनन्दन गरेका थिए ।