न्युयोर्क, मगर संघ स्थापनाको ३०औ वर्ष पुरा भई ३१औ बर्ष प्रवेश गरेको शु-अबसरमा मगर संघ अमेरिकाले संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरमा आईतबार, फेब्रुअरी २४, २०१३ का दिन एक बिशेष समाहोरको बीच ३१औ मगर दिवशू भब्य रुपममा सम्पन्न गर्यो । जनसंख्याको हिसाबले नेपालको तेस्रो ठुलो र आदिवाशी जनजातिहरुमा सबै भन्दा बढी जनसंख्या भएको जाति मगरहरुले नेपाल अधिराज्यको प्रारम्भिक समिति (गाउ समिति) देखि राष्ट्रिय स्तरमा मात्र नभई विश्व भरिनै फाल्गुन १५ लाई मगर दिवश को रुपमा मानाउने गर्दछ ।
सम्पूर्ण मगरहरुको भेष, भाषा, सस्कृति र रितिरिवाजहरुको संरक्षण र सम्बर्दन गर्दै समुदायको उत्थान र सामाजिक बिकासको लागि बिभिन्न क्षेत्रमा खोलिएको मगर समाज सुधार संघ, लांघाली संघ लगायत संघ सस्थाहरु लाई एउतै सुत्रमा आबध्द पार्ने उदेश्यले बि स २०३९ साल फागुन १५ र १६ गतेको दिन तनहु जिल्लाको दमौलीमा सम्पन्न नेपाल लांघाली संघू (हालको नेपाल मगर संघ) को ईतिहासिक प्रथम राष्ट्रिय महाधिबेशन गरे पश्चात संगठनिक रुपमा सम्पूर्ण मगर हरुको शाझा सस्थाको स्थापना भएकोले प्रत्येक सालको फाल्गुन १५ गते नेपाल मगर संघ को स्थापना दिवशको रुपमा मगर दिवशू विश्व भरिको को मगर हरुले मनाउने गरेको आयोजक हरुले प्रस्ट पारे । यसरी सम्पूर्ण मगरहरु एउतै सस्थामा आबध्द भएर आफ्नो समुदाय र जातिको भेष,भुषा, भाषा, सस्कृति, रितिरिवाज र हक अधिकार अनि सामाजिक उत्तरदायित्वको बारेमा आमरुपमा बिचार, बिमर्श र बहस गर्ने सस्था मगर संघ स्थापना दिन फाल्गुन १५ लाई सम्पूर्ण मगरहरुकै खुशियालीको दिनको रुपमा मगर दिवश मनाउने प्रचलनको बिकाश भएको जानकारी गराईयो ।
मगर संघ अमेरिकाको अध्यक्ष क्या. दल बहादुर रोका मगर को अध्यक्षतामा न्युयोर्कको ज्याक्सन हाईटमा रहेको हिमालयन याक रेस्टुरेन्ट मा सम्पन् कार्यक्रममा बिशेष अतिथिको रुपमा हंगकंग बाट आउनु भएको मगर संघ हंगकंगका भुतपुर्ब अध्यक्ष तथा जनजाति महासंघ हंगकंग का सस्थापक अध्यक्ष साथै राज्यसत्ता अन्लाइन्का म्यानेजिङ्ग डाइरेक्टर हुम बहादुर थापा मगर ले बिशेष मन्तब्य राख्दै नेपाल मगर संघ द्वारा गरिएको बिभिन्न महत्वपुर्ण कार्य तथा बिषय हरुको चर्चा गरे। कार्यक्रममा जनजाति महासंघ अमेरिका (फिप्ना) को कार्यबाहक अध्यक्ष बिनोद पोमो र महासचिब दिपेश लिम्बु,समाजसेवी प्रोफेसर तारा निरौला, तामाङ समाजको अध्यक्ष साङ्गे रुम्बा लामा, गुरुङ तमु समाजको अध्यक्ष मेघ गुरुङ, ग्याल्सुन्दो सेवा समाजको अध्यक्ष डा। दावा पुनेल लगाएतले शुभकामना मन्तब्य राखेका थिए भने कार्यक्रम र मगर दिवशको बारेमा नेपाल मगर बिधार्थी संघको निवर्तमान महासचिब नरेन्द्र थापा मगर र मगर संघ अमेरिकाकी सल्लाहकार संगिनी राना मगरले प्रकाश परेका थिए। सस्थाको महासचिब मान बी राना मगरले संचालन गरेको कार्यक्रममा न्युयोर्क राज्यप्रतिनिधि भविन्द्र शेरपुन्जा मगरले स्वागत मन्तब्य राखेका थिए।
सुमन बुढा, राजेश थापा र पासाङ्ग शेर्पाले नचाए छ्म्छमि ।।।
कार्यक्रमको अन्त्यमा नेपालको चर्चित लोक दोहोरि गायक विश्व रेकर्ड होल्डर सुमन बुढा मगर, अमेरिकाको चर्चित सास्कृतिक कार्यक्रम संचालक तथा गायक राजेश थापा मगर र सुरिलो स्वरकी धनि पसाङ्ग शेर्पाले कार्यक्रममा सहभागी हरुलाई छमछमी नचाएका थिए।
स्वतन्त्रको प्रतिक उपहार चिनोको रुपमा प्रदान ।।।।
मगर संघ अमेरिकाले अमेरिकाको चिनो को रुपमा अमेरिकाको स्वतन्त्रको प्रतीकको रुपमा चिनिने स्ट्याचु अफ लिबर्टी को मुर्ति हंगकंग बाट आउनु भएको बिशिस्ट अतिथि हुम बहादुर थापा मगर लाई सस्थाको अध्यक्ष क्या. दल बहादुर रोका मगर ले उपहार स्वरुप दिनु भयो। मगर संघ अमेरिकाले बाहिर बाट आउने बिशिस्ट अतिथिहरुलाई चिनोको रुपमा उक्त मुर्ति उपहार दिने गर्दछ।
Photos: Bishnu Pun Magar
मान बी राना मगर
न्युयोर्क
Magar Association USA, Inc
34-32, 59 St. Suite 1 Woodside, NY 11377