नेपाल मगर संघको ३१ औं मगर दिवस बांकेमा मगरहरूले विविध कार्यक्रम गरी भब्य रुपमा मनाएका छन्।

Read Time:6 Minute, 0 Second

दीपा आले

नेपालगन्ज फागुन १५ नेपाल मगर संघको ३१ औं मगर दिवस बांके लगायत देशभरि नै मगर समुदायले विविध कार्यक्रम गरी भब्य रुपमा मनाएका छन् ।  नेपाल मगर संघ बांकेको आयोजनामा मंगलबार बांकेको खजुरास्थित कपास विकास समितिको प्रागनमा भएको ३१ औं मगर दिवसको अवसरमा मगर समुदायले पहिचान झल्कीने विभिन्न भेषभुषा तथा झांकी सहित यो दिवस मनाएका हुन् । 

 

नेपाल मगर संघका केन्द्रीय सदस्य पूर्णिमा थापामगरले मगर समुदाय एकजुट हुन सके मात्र आफूहरुको अधिकार प्राप्त हुने बताउनु भयो ।  उहांले राज्यको एकात्मक शासन प्रणालीले गर्दा मगर समुदायले सहज रुपमा आफ्नो अधिकार पाउन नसकेको भन्दै अबका दिनमा अधिकार मागेर होइन खोसेर लिनु सक्नु पर्ने धारणा व्यक्त गर्नु भयो । केन्द्रिय सदस्य थापामगरले वर्षौदेखि राज्यदेखि पछाडि पारिएका मगर समुदाय लगायत अन्य वर्ग, क्षेत्र र समुदायको उत्थानकोलागि राज्यको विशेष जिम्मेवारी र उनीहरुलाई राज्यको निकायमा पुराउन ध्यान जानु पर्ने बताउनु भयो ।

३१ औं मगर दिवसको अवसरमा बोल्दै आदि बासी जनजाति महासंघका अध्यक्ष डम्मर थापामगरले आदिम कालदेखि आदिबासी यो देशको भूमि पुत्र भएपनि एकात्मक राज्य सञ्चालन गर्ने संरचनाले गर्दा आजसम्म मगर समुदाय लगायत आदिबासी जनजातिहरु जल, जमिन र भूमिलाई सहज रुपमा उपभोग गर्न नपाएको गुनासो पोख्नु भयो । उहांले मगर समुदाय जातीको आधारमा ठूलो शक्तिको रुपमा रहेको हुंदा राज्यले गर्ने हरेक निर्णायक तहमा मगर समुदायको भूमिका र जिम्मेवारी हुनु पर्नेमा जोड दिनु भयो ।

त्यसैगरी ३१ औ मगर दिवसको शुभकामना दिर्दै नेपाल मगर विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष दिपा आले मगरले समग्र मगर जातीको उत्थानकोलागि मगर समुदाय जाग्नु पर्ने बताउंदै राज्य मगर समुदायको उत्थानकोलागि उदासिन भएको बताउनु भयो । उहाले कार्यक्रममा सम्बोधन गर्दै मगर समुदाय लगायत देशको विकास गर्न  मगर युवाको कांधमा आएको हुंदा सबै युवावर्ग सक्रिए भएर लाग्नु पर्ने बताउनु भयो ।  राज्यदेखि पछाडि परेका मगर समुदायको हकहित र अधिकारलाई राज्यले सम्बोधन गर्नु पर्ने, सहिद लखन थापामगरलाई राज्यले प्रथम सहिद घोषणा गर्नु पर्ने, बुहभाषिक विश्व विद्यालय खोलिनु पर्ने,समग्र मगर समुदायलगायत आदिबासी जनजाति तथा पछाडि परेका वर्ग जाती र क्षेत्रको भाषा, संस्कृति पहिचानको संरक्षण हुनु पर्ने लगायतका बारेमा तमु ह्युल छौंजधीका केन्द्रिय सदस्य टेक बहादुर गुरुंग, नेपालगन्ज उद्योग बाणिज्य संघका  नव निर्वाचित कार्य समिति सदस्य संजय थापामगर, नेपाल महिला संघका अध्यक्ष उमा थापामगर,  नेपाल मगर संघ पूर्व अध्यक्ष राम बहादुर थापामगर, संरक्षण समितिका अध्यक्ष शिव श्रेष्ठ, पूर्व सल्लाहकार श्याम कुमार थापामगर, नेपाल मगर विद्यार्थी संघ अध्यक्ष विशाल रानामगर,

नेपाल मगर संघ पूर्व सदस्य केशव सूर्यवंशीमगर,कृषि सामाग्री संस्थान भेरी कर्णाली पूर्व प्रवन्धक तुला सिंह थापामगर, नेपाल भुपुका भद्र बहादुर कार्की  नेपाल मगर संघ पूर्व अध्यक्ष गगन बहादुर पुलामी मगर, जनमुक्ति पार्टीका प्रतिनिधि राजु परियार, ऐ नेकपा माओवादी प्रतिनिधि पिनु थापामगर, क्यान्सर अस्पतालका प्रतिनिधि किसमत कुमार कक्षपति, नेपाल आदिबासी जनजाति महासंघ बागेश्वगरी गाउं समन्य समितिका अध्यक्ष भिम रानाममगर, भुपु सैनिकका पूर्व अध्यक्ष दिप बहादु रानामगर, नेपाल मगर संघ बागेश्वरी प्रारम्भीक समितिका अध्यक्ष छवि थापामगरलगायतले राज्यले मगर देखि पछाडि परेका समुदायलाई तत्काल सम्बोधन गरियोस भनेर आ आफ्नो धारणा व्यक्त गरेका थिए ।  

अध्यक्ष धनसिंह रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा मगर समुदायको संस्कृति झल्कीने खालको नृत्य, गीत प्रस्तुत गरिएको थियो भने कार्यक्रममा आउने मगर समुदायहरुले आ आफ्ना भेषभुषामा सझिएर आएका थिए । कार्यक्रममा मगर समुदायको सहभागीता १० हजार भन्दा बढी उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण उमा थापामगरले गर्नु भएको थियो ।

(नोट: ब्यानरमा भएको ३९ लाइ ३१ पढि दिनुहोला)

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %