बिजय हितानमगर
कछाड भोटो कम्मरमाखुर्पेटो, भिर्न अझै छुटेकोछैन् लाङ्घाली
(नेपाल्एकिकरण भयो अनीप्रजातन्त्र आयो), मगरले बगाएकोरगत अझै, सुकेकोछैन् लाङ्घाली !
गुन्यु चोलो कम्मरमापटुकि, लगाउन अझै छुटेकोछैन् लाङ्घाली
जनआन्दोलनमामगरले बगाएको रगत्,अझै सुकेको छैन् लाङ्घाली!
मगराँत घोषणा भयो रेभन्ने सुन्छु, मअझै डुलेको छैन्लाङ्घाली
बाइसे चौबिसे राजा रजौटा,मगर इतिहास अझैभुलेको छैन् लाङ्घाली !
आक्खा लिपी सिक्दैछुभरखर, दिमागमा अझैखुलेको छैन लाङ्घाली
गोर्खा बुङ्कोटका प्रथम सहिद,लखन थापामगर भुलेकोछैन् लाङ्घाली !
सुतिएछ कुम्मकर्ण जस्तै मस्त,भरखरै बिकासमा लम्कदैछू लाङ्घाली
लाउरेदाइकोरेलिमाई भाका गाउने,मास्टर मित्रसेनलाई सम्झदै छूलाङ्घाली !
मामाकी छोरि– साली भगाएँ,घरमा अझै हुँलेकोछैन् लाङ्घाली
सोरठी चुट्का सालैजो भाका,कौरामा नाचेको भुलेको छैन् लाङ्घाली!
बड्कुकाबड्कु जाँड पीइयो,अझै झुलेको छैनौंलाङ्घाली
लालबहादुरतुलबहादुर भिसीहरू, अझै भुलेकाछैनौं लाङ्घाली !
ब्यार्थैमातिमी युद्दामा मर्यौ,आमाको आसुँ सुकेकोछैन् लाङ्घाली
खाम काइके मगर् कुराहरू,बोल्न अझै भुलेकोछैन् लाङ्घाली !
यो सालीको मुन्द्री बुलाकि,सिर्फुल अझै फुलेकोछैन् लाङ्घाली
खिचडी तरुल पुर्खालाईचाडाएको, माघेसक्रान्ती भुलेको छैन् लाङ्घाली!
हाम्रो अधिकार अरुले खोस्यो,केही हामि बोलेकाछैनौ लाङ्घाली
ज्ञान बिग्यान राजनितिमा पिछडिएको,हामिले भुलेका छैनौं लाङ्घाली !
हामिले अधिकार मागेका हौं,कसैको अधिकार लुटेकाछैनौ लाङ्घाली
थापा आले रोकाराना पुन, सबैमगरै हौं भनिभुलेका छैनौ लाङ्घाली !
मगर् ढिलो हुन्छभन्छन्, केहिपनी ढिलो भएकोछैन लाङ्घाली
(मगर् दिवस मनायर)मगरलाई एउटै मालामागाँस्न, अझै ढिलोभएको छैन् लाङ्घाली !
(३१औं मगर् दिवस, प्लम्स्टीड, २३ फेब्रुअरी २०१३)