मगर चलचित्र कर्मी संघ को आयोजना तथा गुम्बेली संयुत्त युवा संजाल

Read Time:5 Minute, 36 Second

दिल प्रसाद थापा

पाल्पा फाल्गुन १२ ,मगर चलचित्र कर्मी संघ को आयोजना तथा गुम्बेली संयुत्त युवा संजाल, वौघा गम्हा, पाल्पाको सह आयोजनामा तेस्रो मगर चलचित्र महोत्सव २०६९ पाल्पाको वौघा गुम्हा मा शनिबार भव्यताका साथ सम्पन्न भएको छ । प्राकृतिक सौन्दर्यताले भरिपुर्ण तथा स्थानिय मगर संस्कृतीमा धनी गाउँ पाल्पाको वौघा गुम्हा जहाँ पर्यटनलाई आर्कषन गर्नको लागी होम स्टेको अवघारण त्यहाँका मगर समुदायहरुले ल्याएका छन् । मनोरम हिमाल अवलोकन गर्न सकिने, जहा त्यहाँ हरियाली रमणिय दृश्य, मगर खानाको स्वाद, स्थानिय युवा युवतीहरुको सहयोगी भावना, पाहुनालाई गरिने आदर र होम स्टेको व्यवस्थाले सो क्षेत्रको पर्यटन विकासमा राम्रो सम्भावना बोकेको छ । सो पर्यटन क्षेत्रको पहिचान गर्न सहयोग को निम्ति मगर चलचित्र कर्मी संघले पाल्पाको वौघा गुम्हामा तेस्रो मगर चलचित्र महोत्सव आयोजना गरेको थियो । कार्यक्रमको प्रमुख अतिथी नेपाल मगर संघका कोन्द्रीय अध्यक्ष महोन्द्र थापा मगर रहनु भएको थियो भने विशिष्ट अतिथीमा नेपाल मगर संघका केन्द्रीय सदस्य एवम् पाल्पा जिल्लाका आदिवासी जनजाती संमन्य परिषदका अध्यक्ष गम बहादुर थापा मगर रहनुभएको थियो ।

कार्यक्रममा अतिथीहरु जिल्ला शान्ती समितीका संयोजक केहर सिंह राना, राष्ट्यि जनमुत्ती पार्टीका केन्द्रीय सदस्य केशर सुर्यवंशी, गाविस सचिव रेवती रवण ज्ञवाली, निवर्तमान गाविस अध्यक्ष टुक वहादुर अर्घाली मगर, श्री सर्वोदय उच्च मा वि पाल्पा व्यस्थापन समितिमा अध्यक्ष चेत बहादुर अर्घाली मगर, नेकपा माओवादीका गाविस प्रतिनिधि लिल बहादुर राना, नेकपा एमालेका प्रेमनाथ धिमिरे, राष्ट्यि जनमुत्तिका खर्क आले मगर लगायत अन्य अतिथिहरुको उपस्थिती रहेको थियो । महोत्सवमा ३ वटा फिल्म, ५ वटा वृतचित्र तथा छोटा फिल्म प्रदर्शन गरिएको थियो । जस अन्तरगत श्याम थापा द्धारा निर्देशित वाङह मुले ( पर्खि बस्छु ) , नरजङ्ग राना मगर द्धारा निर्देशित मायाँ मेरो गाँउको ,विवेश बुढा द्धारा निर्देशित गाउला ( गोठालो ) भिम राना द्धारा निर्देशित  वृतचत्र योनाट, प्रतिमाया पुनद्धारा निर्देशित वृतचित्र ‘‘नराम’’ ( तितेपाती), नानुमाया द्धारा निर्देशित भयुर पुजा ,पुण थापा द्धारा निर्देशित स्याह्के  (कौडा ) प्रदर्शन गरिएको थियो ।

मगर चलचित्र कर्मी संघ तर्फबाट संघका अध्यक्ष युवराज मास्के राना मगर , महासचिव मेजन पुन मगर, सदस्य भिम थापा मगर , सदस्य विवेश बुढा मगर, सदस्य ज्ञान बहादुर थापा मगर , मगर चलचित्रकर्मी संघ रुपन्दही जिल्लाका अध्यक्ष श्याम थापा मगर, सघंका रुपन्देही का सचिव यम पुन मगर, तनहुँ मगर चलचित्र संघका उपाध्यक्ष नरजङ्ग राना मगर लगायत अन्य चलचित्र कर्मीहरुको उपस्थिती रहेको थियो । महोत्सवका करिव ५ हजार जनाले अवलोकन गरेको कार्यक्रमको संयोजक गम्बेली संयुत्त युवा संजालका अध्यक्ष चुरा बहादुर राना मगरले जानकारी दिनु भयो ।

मगर चलचित्र महोत्सव विगतमा पहिलो ललितपुरको स्टाफ कलेजमा, दोस्रो धरानको सैनिक भवनमा सफल रुपमा सम्पन्न गरिएको र दुवै सहरी क्षेत्रमा गरिएको थियो । यस पाली मगर वस्तीको पहिचान सास्कृतिक संरक्षण तथा पहिलो चोटि गाउँमा गरिएको थियो । यस क्षेत्रको पर्यटकीय विकासलाई टेवा पर्याउन उक्त क्षेत्र महोत्सवको लागि रोजाइमा परेको मगर चलचित्र कर्मी संघमा अध्यक्ष युवराज मास्के राना मगरले बताउनु भयो । कार्यक्रममा स्थानिय युवा युवतीशरुको मगर सास्कृती आधारीत ठुलो नाचँ, कौडा नाचँ, मगरी बाजा, झ्याउरे नाचँ ,पञ्चे नाचँ, ज्युवै मामा नाचँ, मगर महिलाहरुको नाचँ प्रस्तृत गरिएको थियो । ति लोप हुन लागेका मगर सास्कृतीका नाचँहर मगर चलचित्र कर्मी संघले छायाङन गरेको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %