न्यूयोर्क २१ फेब्रेरी
नेपालको बिभिन्न भागबाट आइ अमेरिकामा बसोबास गर्ने मगर हरूले नेपाल मगर संघ स्थापना भएको ३१ बर्ष पुगेको बर्षगाठको शुभ अवसरमा यहि फेब्रेरी २४ तारिकका दिन ३१औ मगर दिवश भब्यताका साथ मनाउने राज्यसत्तालाइ समचार प्राप्त भएको छ । सस्थाका महासचिब मोहन राना मगरका अनुसार अमेरिकाको बिभिन्न ठाउमा रहेका मगर हरू नूयोर्कको ज्याक्सन हाइटमा रहेको हिमालयन याक रेष्टुरेन्टमा भेला भएर बिबिध सास्कृतिक कार्यक्रम सहित मनाउने जानकारी दिएका छन् ।
मगर संघ अमेरिका २८ मार्च २००४ मा गठन भएको थियो भने २००४ कै अगष्टमा बिदिवत रूपमा न्यूयोर्कको सोसाइटि अर्डिनेन्स्मा दर्ता भएको मगर समाजको एक सामाजीक सस्था हो । यो पबित्र मगर समाजमा अमेरिका बासी सम्पुर्ण मगर हरू गोलबद्द भै ३१औ मगर दिवस मनाउन र भब्य सफल पार्न यू एस ए मगर समाज हार्दिक अनुरोध पनि गर्द छ ।
