हंगकंग मगर संघले ३१औं मगर दिवस २४ फेब्रुवरीमा मनाऊँदै

Read Time:1 Minute, 50 Second

१८, फेब्रुवरी २०१३ हंगकंग । नेपालको जनगणनाको तथ्यांक आधारमा जनजातिहरु मध्ये सबै भन्दा ठुलो जनसंख्या ओगटेको हामी मगरहरु हौं । चेतनाको बृद्धी र जातिय एकताको आवश्यकताको महसूस गरि संगठित भएको मगरहरुको साझा संस्था मगर संघले तिन दशक पार गरीसकेको छ ।

विश्वका बिभिन्न स्थानमा छरेर बसेका मगरहरुले ३१औं मगर दिवस मनाउने क्रममा मगर संघ हंगकंगले पनि बिबीध कार्यक्रम सहित धुमधामका साथ मनाऊँदै छ । उक्त कार्यक्रममा मुख्य आकर्षण मिस मगर प्रतियोगिता रहने संघका अध्यक्ष चन्द्रज्योती आले मगर कताउंछन । आफ्नो जातिको भेषभुषा, भाषा संस्कृति र रितिरिवाजको  पहिचान नयां पिढीलाई गराउन पर्ने हुनाले र ब्यक्तिगत क्षमता अभिबृद्धी उदेश्यले मिस मगर प्रतियोगिता राखिएको अध्यक्ष आले मगर भन्छन ।

कार्यक्रमको अन्य आकर्षणहरुमा रोष गुमुष्टका कलाकारहरुले बिबीध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने छन भने नेपालबाट हंगकंगको भ्रमणमा आएको लोक दोहरी गायक र गायिकाहरुले दोहरी गित प्रस्तुत गर्ने छन । यो पटकको ३१औं मगर दिवसको कार्यक्रमको समय तालिका यस प्रकार छ:-

मिती :- २४ फेब्रुवरी २०१३

स्थान :- याउ मा तेई कम्युनिटी हल, तेस्रो तला

समय :- साँझ ६ बजे

टिकट दर :- १०० हंगकंग डलर मात्र

 

बिक्रम थापा मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %