काठमाडौँ, १४ असोज
माधव नेपाल ढाट नेता भएको कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडयालले वताएका छन् । नौ पटकको प्रधानमन्त्रीको निर्वाचनमा पराजित वनेका पौड्यालले आज यस्तो कुरा वताएका हुन् ।
‘प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामापछि सबै कुरा मिल्छ र सहमति भइहाल्छ भन्ने कुरा झुट्ठा भएको र सहमतिमै राजीनामा दिएको वताउने माधव नेपाल ढाट हुन ’ उनले भने
नेपाली काँग्रेसका केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी एवम् सदस्यलाई प्रमाणपत्र वितरण गर्न आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा एनेकपा माओवादी नेता प्रचण्डको पनि कडा टिप्पणी गरे । उनले अध्यक्ष पुष्पकमल दाहालले बारम्बार निर्वाचन प्रक्रियामा सहभागी भएर पनि सफल हुन नसकेपछि संसदीय ब्यवस्था नमान्न उम्मेदवारी फिर्ता लिएको दावी गरे ।
संसदमा जारी प्रधानमन्त्री निर्वाचनमा आफूमात्र एक्लो रहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्रीको उम्मेदवार समेत रहएका नेता पौडेलले सहमति नहुने हो भने किन यत्रो समय यो विषय अड्काएर मुलुकलाई राजनीतिक गतिरोधमा राखि राख्ने प्रश्न गरे । उनले भने ‘ मेरो उम्मेदवारी समस्या होइन, समाधान हो ।’
“हिंसा र हतियारमुक्त राजनीति तथा शान्तिप्रक्रिया टुङ्ग्याउने, लोकतान्त्रिक संविधान बनाउने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने विषय केन्द्रित मुद्दामा सहमति गर्न काँग्रेस बलिदान गर्न पनि तयार छ”— नेता पौडेलले भने ।