मेख आले मगर
शहीद लखन तिमीलाई
लाखौ लाख सलाम -२
जन्मियौ तिमी मगरको कोखबाट
हुर्कियौ मगरको साथबाट ।
प्रजातान्त्रिक विचारहरुलाई पक्ष्याउदै तिमी
जन्मभूमि माटोको लागी
भयौ सिपाहीमा भर्ति
देशभक्त अनि कर्मठ योग्य भई
खायौ पल्टनमा कशम ।
जंगेको शासन प्रति असन्तुष्ट
भई बोल्यौ निडर
जुध्यौ तिमी जंगेको शासनसंग
त्यसैले त प्रथम शहीद हौ ।
नविराउनु नडराउनु भन्दै
लाग्यौ देशको सेवामा
बसायौ मनमा जंगेको विरुद्ध हुंकार
खोली छुट्टै दल गोरखाबाट
फुक्यौ बिकुल त्यसैले तिमी बहादुर कहलायौ ।
जनचेतना जगाउदै
दिनरात घामपानी सहदै
बस्यौ रत्तिभर नडराई
पुग्यो जंगेको कानमा खबर
असैह्य भई जंगेले खटायो पल्टन ।
मुकाविलाको लागी
भयौ तयार घांटी थापा
लड्यौ मृत्युको ख्यालै नगरी
त्यसैले तिमी नेपालको शहीद भयौ ।
भयो घमासान दोहरो
तैपनि डटिरह्यौ अन्तिम सम्म
भागेनौ कायर भई हारेपनि लडाई
पाता कसि झुण्डाई रुखमा
तैपनि हाँसी हाँसी मृत्युलाई सिवीकार्यौ
त्यसैले त प्रथम शहीद हौ ।
बीर पुत्र लखन तिमीलाई
लाखौ लाख सलाम !
लाखौ लाख सलाम !!
(यो कविता मगर संघ हंगकंगले मनाएको प्रथम शहीद लखन थापा मगरको १३६औं स्मृति दिवसमा बाचन गरियको हो ।)