१३ फ्रेबुअरी, काठमाण्डु
नर्वेका सुप्रसिद्ध अनुसन्धाता तथा द्धन्द्ध विशेषज्ञ जोन गाल्टुङले नेपालमा मिडियाले देखाए जस्तो दलहरुबीच द्धन्द्ध नभएर राजधानीमा बस्ने केहि सभ्रान्त र राजधानी बाहिर बस्ने बहुसंख्यक दुखियारीहरुबीच वास्तविक द्धन्द्ध रहेको बताएकाछन् । राजधानीमा भएको बौद्धिक र मिडियाकर्मीहरुबीच उनले प्रवचन दिदै दलहरु एकापसमा लडे जस्तो गरिरहेका मात्र हुन् । वास्तवमा ति उत्पिडित जाति, जनजाति, दलित, मधेसी, महिला , क्षेत्रका ज्वलन्त समस्याहरुलाई किनारा लगाउन द्धन्द्धको नाटक गरिरहेका मात्र हुन् । भित्र ति सबै मिलिरहेकाछन् र बहुसंख्यक जनतालाई ढाँटिरहेकाछन् । त्यसैले समस्या सुल्झनुको साटो बढिरहेकोहो । उनले सभ्रान्त धन भएकाहरुलाई नभनी कथित उच्च जातका बाहुन क्षेत्रीलाई इगिंत गरेकाथिए । पाका वक्ताको भनाई सुनेर बसिरहेका बहुसंख्यक सभ्रान्त समुदायका मीडियाकर्मी र बौद्धिकहरु भने ट्वाल्ल परेर उनको अभिभाषण सुनिरहेका देखिन्थे । मिडियाले यस्तो द्धन्द्धमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुपर्नेमा झन लडाउने काम गरेको भन्दै उनले मीडियाको नकारात्मक रोलमाथि पनि प्रश्न उठाएकाथिए ।
उनी संविधानसभा विघटन गर्ने दलहरुको कार्यप्रति असन्तुष्ट देखिन्थे । संविधानसभा मारेर दलहरुले संघीयतामा जान नचाहेकोले सरोकारवालाहरुको असन्तुष्टिको पारा झन बढिरहेको उनको विश्लेषण थियो ।
असमानताले द्धन्द्ध बढाउने हुनाले सरकारले स्थानीय स्तरबाट कमजोर वर्गको जिवनस्तर सुधार्न शुरु गर्नुपर्ने उनको सुझाव थियो । उनको भनाईमा नेताहरुले हरेक निर्णय माथिबाट लाडिरहेकोले असमानता घट्नुको साटो बढिरहेकोले त्यसले समस्या पैदा गरिरहेकोछ । हरेक समस्या सुल्झाउन माथिबाट हैन जनतालाई साथ लिएर र उनीहरुको सुझावमा तलबाट गरिनुपर्ने उनको सुझाव थियो । यसरी मात्र नेपालको समस्या समाधान हुने अन्यथा यो द्धन्द्ध कहिल्यै नहट्ने उनको ठोकुवा थियो ।
अनुसन्धानको क्रममा विश्वका विभिन्न देशका द्धन्द्धलाई नजिक देखि नियालेका उनले संघीयतामा पनि स्थानीयको मत अनुसार निर्णय गर्न सुझाव दिएकाथिए ।
सन १९३० मा ओस्लोमा जन्मिएका गाल्टुङ पिस रिसर्च इन्स्टिच्युट ओस्लोका संस्थापक हुन् । द्धन्द्ध र शान्ति सम्बन्धमा अनुसन्धानरुपी दर्जनौ पुस्तकका लेखक उनलाई शान्तिका गुरु समेत भनिन्छ । उनको प्रवचन मदन पुरस्कार पुस्तकालयमा गरिएकोथियो ।