को हुन् हङकङका नयाँ महाबाणिज्यदुत दाहाल ?

Read Time:4 Minute, 21 Second

काठमाण्डु १५ फेब्रुअरी
अन्ततः पुष्पकमल दाहाल प्रचण्डले आफ्ना गोत्रका सह–सचिवलाई हगंकगंको महाबाणिज्यदुतावासमा नियुक्त गरेर जनजाति आन्दोलनकारीहरुलाई करारा झापड दिएकाछन् । उमेर हदका कारण निवर्तमान महाबाणिज्यदुत विनोदकुमार उपाध्याय दुई साता अघि नेपाल फर्किएपछि उनको रिक्त स्थानमा दाहाललाई ल्याइएको हो । दाहाल निजामति सेवामा चतुर खेलाडी मानिन्छन् । यसअघि पनि उनी अत्यन्त आकर्षक पोष्टहरुमा प्रतिष्ठापन थिए । स्थानीय विकास मन्त्रालयमा लामो समय विताएका उनी पदोन्नति भएपछि निरन्तर अर्थमा कार्यरत थिए । दाहाल यसअघि राजस्व अनुसन्धान विभागका महानिर्देशक भइसकेका छन् । केपी ओलीका अत्यन्त नजिकका भएपनि हगंकगंमा जान उनले माओवादी नेतृत्वलाई समेत मनाउनुले उनको खुबी प्रष्ट देखिन्छ ।

आदिवासी जनजाति महासंघ हगंकगंले हगंकगंमा शतप्रतिशत जनजातिको बसोबास भएकोले त्यहाँ जनजाति मुलकै ब्यक्तिलाई पठाउनुपर्ने भन्दै लामो समय देखि माग राख्दै आएकोछ । यसपालि विनोद कुमार उपाध्याय सेवानिवृत भएपछि त्यसमा क्याम्पेन शुरु गरिएकोथियो । उपाध्यायको पालामा पनि कालो झण्डा देखाएर विरोध गरेको जनजाति महासंघले यसपालि जनजाति मुलकै ब्यक्ति ल्याईने आश गरेकोथियो ।  त्यसको पछाडि केहि कारण थिए । यसपालि हगंकगंको माओवादी लगायत दलका भातृसंगठनहरुले यसपालि जनजाति नै नियुक्त गर्ने करिब निश्चित जस्तै रहेको भन्दै हल्ला गरेर हिंडेकाथिए । त्यसैगरि जनजाति आन्दोलन बढेको ठानिएकोथियो । माओवादीको आश्वासन सदा झैं यसपालि पनि ठुलो थियो । तर काठमाण्डुमा तिनका नेताले यो निर्णय गरेर विदेशमा दलका भातृसंगठनको हैसियत के हो भन्ने आईना देखाईदिएकाछन् । यसले प्रवासमा राजनैतिक दलका भातृसंगठनहरुको काम पैसा जम्मा गर्नु बाहेक केहि होईन रहेछ भन्ने पनि प्रष्ट भएकोछ । ति उफ्रनुको कुनै तुक छैन भन्ने यसले देखाएकोछ ।
हगंकगं कन्सुलर कार्यालय  सचिवहरुका लागि गज्जबको कमाई हुने थलोको रुपमा चर्चा छ र त्यसैले त्यहाँ जान कुनै भन्सारमा जान जत्तिकै हानाथाप चल्ने त्यहाँका सहसचिवहरु बताउछन् । त्यसैले जसको बढी शक्ति छ त्यहि नै हगंकगंको महाबाणिज्यदुत नियुक्त हुने गरेकाछन् । यसअघि तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालका भाई नियुक्त भएकाथिए ।
यसपालि पनि हगंकगं जानका निम्ति केहि सचिवहरुबीच घम्साघम्सी चलेको थियो । प्रधानमन्त्री कार्यालयका सहसचिव महेन्द्रमान गुरुगं, अर्थ मन्त्रालयका सह–सचिव बैकुण्ठ अर्याल र अर्थकै सह–सचिव राजन खनाल प्रस्तावित उमेदवार थिए । महेन्द्र र राजन खनाल सोझा र ईमान्दार सचिवका रुपमा चिनिन्छन् भने बैकुण्ठ अर्याल त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा गोल्ड मेडलिस्ट हुन् । जनजाति मागको दवावका कारण गुरुगंलाई त्यहाँ पठाईने संभावनामाथि छलफल गरिएकोथियो भने बैकुण्ठलाई उमेदवारहरु मध्ये सबैभन्दा योग्य ठानिएकोथियो । तर यी सबैलाई उछिनेर चलाख र सक्रिय दाहालले बाजी मारे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %