स्थानीय शान्ति समिति जनमुक्ति लाई

Read Time:1 Minute, 56 Second

देब पचभैया

पाल्पा, फागुन ३,स्थानीय शान्ति समितिको कार्यालय पाल्पाले आगामी ६ महिनाको लागि जनमुक्तिका नेतालाई संयोजक चयन गरेको छ । निवर्तमान संयोजक विशाल दर्लामीको संयोजकत्वमा एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली को आतिथ्यतामा स्थानीय शान्ति समितिको कार्यालय पाल्पामा बसेको पूर्ण बैठकबाट स्थानीय शान्ति समितिका सचिवालय सदस्य एवं राष्ट्रिय जनमूक्ति पार्टी पाल्पाका अध्यक्ष श्री केहरसिंह राना लाई आलोपालो प्रणाली अन्तर्गत सर्वसम्मतीले आगामी ६ महिनाको लागी संयोजक पदमा चयन गरेको हो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी श्री हरिप्रसाद मैनालीले स्थानीय स्तरमा शान्ति अमन चयन कायम गराउन स्थानीय शान्ति समितिको महत्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गर्नुभयो । त्यस्तै बैठकमा निवर्तमान संयोजक विशाल दर्लामीले नयाँ संयोजकलाई टिका माला लगाई माइन्युट हस्तान्तरण गर्दै आफ्नो कार्यकालमा खास कार्यक्रम नभएपनि आगामी दिनमा हरेक कार्यक्रम सफल गराउन आफ्नो पूर्ण सहयोग रहने कुरा व्यक्त गर्नुभयो ।

स्थानीय शान्ति समिति पाल्पाका नयाँ संयोजक श्री केहरसिंह रानाले आफ्नो कार्यकालमा आफुले सकेजति राम्रो काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %