टेक बहादुर नाम्जाली मगर
कैलाली,नेपाल मगर जिल्ला कार्य समिति, कैलालीको आयोजनामा आज फाल्गुन २ गते धनगढी, कैलालीको साथी होटलको सभा हलमा नेपालर नेपाली जनताको प्रजातान्त्रिक अधिकार प्राप्तको निम्ति निरंकुश जहानिया जंगबहादुर राणा शासनको विरद्धमा पहिलो राजनैतिक शसस्त्र विद्रोह संचालन गर्ने दौरानमा तत्कालिन शासक जंगबहादुर राणाको प्रत्यक्ष निर्देशनमा शहादत प्राप्त गर्नु भएको नेपालका प्रथम शहिद क्याप्टेन लखन थापामगरको १३६ औं स्मृति दिवस समितिका अध्यक्ष टेकबहादुर नामजालीमगरको सभापतित्व तथा नेपाल मगर संघ केन्द्रीय समितिका उपाध्यक्ष श्री तेज तारामीमगरको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
ज्ञात अज्ञात सहिदहरु प्रति १ मिनेट मौनधारण गर्दै फोटोमा माल्यार्पन गरी शुरु भएको उक्त स्मृति दिवसमा विदेशी हस्तक्षेप र सामाजिक विभेदबाट समाजलाई मुक्त गर्दै प्रजातान्त्रिक समाजवादको दिगो स्थापनाको कल्पना गरी शसस्त्र विद्रोह शुरु गरेका प्रथम शहिद लखन थापामगरको सपना अझै पुरा नभएको र वहाँको त्याग र वलिदानलाई सार्थक बनाउनको निमित्त नेपालमा बहुजातीय लोकतान्त्रिक समाजवाद लागु गर्न जातीय समानुपातिक प्रतिनिधित्व र संघात्मक सरकार अपरिहार्य रहेको भन्दै प्रजातान्त्रिक आन्दोलनको प्रथम शहीद क्या. लखन थापामगरलाई राज्यबाट प्रथम शहीद घोषणा गराउन, प्रथम शहीद क्या. लखन थापा मगरलाई राष्ट्रिय विभुतिको रुपमा विभूषित गर्न, प्रथम शहीद क्या. लखन थापा मगरले शहादत प्राप्त गरेको दिन फाल्गुन २ गतेलाई राष्ट्रिय शहीद दिवस घोषणा गर्न र काठमाण्डौको शहीद गेटमा रहेको पूर्व राजा त्रिभुवनको शालीक हटाई प्रथम शहीद क्या. लखन थापामगरको शालीक स्थापना गर्न गराउनका लागि विभिन्न पार्टी र संघ संस्थाका प्रतिनिधिहरुले सम्बन्धित निकायमा दवाव सिर्जना गर्ने भनी प्रतिबद्धता व्यक्त गरे ।विशिष्ट अतिथिहरुमा नेपाल मगर संघ केन्द्रीय सदस्य श्री धनबहादुर थापामगर, राष्ट्रिय जनमुक्ति पार्टिका महासचिव श्री केशव सुर्यबंशी र अन्य अथितिहरुमा नेपाल आदिवासी जनजाति महासंघ, कैलालीको अध्यक्ष श्री लक्ष्मण तुलाचन (तरुण), राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद् सदस्य र बैकल्पिक सदस्य क्रमशः श्री मोहन सारु र श्री कृष्ण थापा, अध्यक्ष रविन्द्र रानामगर र ने.क.पा.माओवादीका थारुवान राज्य परिषद् सदस्य श्री लोक बहादुर पल्ली, मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका जिल्ला उपाध्यक्ष श्री विश्वम्भर झा, थरुहट तराई पार्टी, कैलालीका प्रतिनिधि श्री विदु चौधरी, लोकतान्त्रिक मगर संघ, कैलालीका अध्यक्ष श्री धनबहादुर रोका मगर लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको गरिमामय उपस्थिति रहेको थियो । समितिका सदस्य श्री यम मस्र्याङ्गी मगर द्वारा स्वागत तथा कार्यक्रम संचालन समितिका सह–सचिव श्री चक्र अस्लामी मगरले गर्नुभएको थियो ।