तमु प्ये ल्हु संघ हङकङ शाखाले सी एन एन हिरो(२०१२ पुष्पा बस्नेतलाई स्वागत तथा सम्मान गर्यो

Read Time:5 Minute, 44 Second

मुक काजी गुरुङ

हङकङ ११ फेब्रुवरी २०१३, हङकङ नेपाली महासंघको १४ औं वार्षिक उत्सव कार्यक्रममा नेपालबाट आमन्त्रित प्रमुख अतिथि सी एन एन हिरो(२०१२ पुष्पा बस्नेतलाई तमु प्येल्हु संघ हङकङ शाखाले एक साक्षात्कार कार्यक्रमको आयोजना गरि स्वागत तथा सम्मान साथै आर्थिक सहयोग गरेका छन।हाल संसारभर चर्चामा रहनु भएकी नेपालकी गौरव पुष्पा बस्नेत काठ्माण्डौबासी साधारण ब्यबसायी परिवारमा जन्मेकी हुन भने सन २००५ बाट थालनी गरेकी वहांको समाजसेवीले नै उनी अहिले चर्चाको शिखरमा पुग्न सफल भएकी छिन। वहांले गर्नु भएको योग्दान नेपाली समाजसेवाको क्षेत्रमा वर्णन गर्नु भन्दा पनि वहांले गर्नु भएको योग्दानको कदर,मूल्याङकन सारा विश्वले गर्दै सन २०१२ को सी एन एन हिरोबाट सम्मानित भईसक्नु भएको छ। जेलभित्र बन्दी रहेका बालबालिकाहरुलाई उद्धार गर्नको निम्ति र उनीहरुको सुनिश्चित भविष्यको लागि आफ्नो भविष्यको समेत पर्वाह नगरिकन समाजसेवामा अग्रसर रहनु भएकी सी एन एन हिरो(२०१२ पुष्पा बस्नेतको त्यस किसिमको कामको मूल्याङकन गर्दै तमु प्ये ल्हुसंघ हङकङले पनि वहांको बालबालिकाहरुको उच्चशिक्षा एवं आवास-गृहमा केहि सहयोग पुर्याउंने अभिप्रायले पनि संघकै सल्लाहकार ईन्जिनियर विजय तमुको संयोजकत्वमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा तमु प्ये ल्हु संघका अध्यक्ष जितेन्द्र योज तमु,निवर्तमान अध्यक्ष सोम तमु लगायतकार्य समितिका पदाधिकारी एवं सल्लाहकार सदस्यहरु र आमा समूहका सदस्यहरुको उपस्थिति रहेका थियो भने अन्य केहि बाहिरिया ब्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई संयोजक ईन्जिनियर विजय तमुले सञ्चालन गरेका थिए भने उपस्थित सबैले आ-आफ्नो परिचय तथा सी एन एन हिरो-२०१२ पुष्पाबस्नेतलाई ढिलै भए पनि बधाई साथै शुभकामना ब्यक्त गरे । तमु प्ये ल्हु संघ तथा तमु प्ये ल्हु संघ हङकङको आमा समूहबाट तमुहरुको परम्परा अनुसार पछ्यौरा ओढाई फूलको गुच्छाले सम्मान गरेका थिए । यसै गरि संघकै अध्यक्ष जितेन्द्र तमु तथा सचिव भोजेन्द्र तमुले ढिलै भए पनि बधाई तथा शुभकामना ब्यक्त गर्दै सी एन एन हिरो(२०१२ पुष्पा बस्नेतलाई प्रत्यक्ष भेटेर वहांको काम प्रति केहि आर्थिक सहयोग गर्न पाउंदा खुशी लागेको कुरा ब्यक्त गरे।  

यसै शिलशिलामा तमु प्ये ल्हु संघ हङकङको तर्फबाट वहांको बालबालिकाहरुको सुनिश्चित भविष्यको लागि र आवास,गृहको लागि केहि आर्थिक सहयोग हस्तान्तरण गरे भने अन्य बाहिरिया ब्यक्तित्वहरुबाट संकलित रकम पनि एक मुष्ठ हङकङ डलर २०,६०७ (नेरु लगभग २ लाख ३० हजार)हस्तान्तरण गरियो। तमु प्ये ल्हु संघ हङकङले आयोजना गरेको यस किसिमको कार्यक्रमलाई सम्मान गर्दै बिशेष गरेर कार्यक्रम आयोजना गर्नु हुने संघकै ईन्जिनियर विजय तमुलाई धन्यवाद ब्यक्त गरे भने हङकङमै सी एन एन हिरो( २०१२ पुष्पा बस्नेतलाई सम्मान साथै आर्थिक सहयोग गर्ने पहिलो ब्यक्ति अनि संस्था नै तमु प्ये ल्हु संघ र तमु प्ये ल्हु संघकै सल्लाहकार विजय तमु रहेको भन्दै महासंघका अध्यक्ष प्रदीप थापामगरले तमु प्ये ल्हु संघ परिवारलाई धन्यवाद ब्यक्त गरे।

गरे। बिशेष गरेर कार्यक्रम संयोजक ईन्जिनियर विजय तमुलाई  धन्यवाद ब्यक्त गरेकी थिइन ।अन्तमा, कार्यक्रम संयोजक ईन्जिनियर विजय तमुले छोटो समयको सूचनामा पनि उपस्थित जनाई कार्यक्रमलाई सफल बनाईदिनु हुने सम्पूर्ण तमु प्ये ल्हु संघ परिवारलाई धन्यवाद ब्यक्त गरे भने सी एन एन हिरो २०१२ पुष्पा बस्नेतसंग एकै थलोमा बसेर भलोकुसारी गर्न पाउंदा र वहांलाई सम्मान साथै वहांको कार्यलाई केहि आर्थिक सहयोग गर्ने अवसर प्रदान गरिदिने नेपाली महासंघका अध्यक्ष प्रदीप थापामगरलाई पनि धन्यवाद ब्यक्त गरे र सी एन एन हिरो २०१२ पुष्पा बस्नेतको कार्यको प्रशंसा गर्दै वहांको लक्ष्य अनि कार्य सधैं प्रगतिको पथमा लम्किरहोस भन्दै शुभकामना पनि ब्यक्त गरे।  

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %