प्रथम शहीद लखन थापाको पुर्णकदको शालीक फागुन ७ गते अनावरण गरिदै

Read Time:2 Minute, 30 Second

गोविन्द घर्ति ,रुपन्देही, नेपालका प्रथम शहीद लखन थापा मगरलाई राज्यले वेवास्ता गरेको नेपाल मगर संघ रुपन्देहीका जिल्ला अध्यक्ष दल बहादुर विरकट्टाले बताउनु भएको छ । प्रथम शहीद लखन थापाको वारेमा राज्यले कुनै अध्ययन, आयोग नबनाएको उहाले आरोप लगाउनु भयो ।

नेपाल मगर संघ रुपन्देही द्धारा १ सय ३६ औ लखन स्मृति दिवसको अवसरमा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उहाले उक्त कुरा बताउनु भएको हो । अध्यक्ष विरकट्टाले लखन थापा मगर भएकाले राज्यले प्रथम शहीद घोषणा गर्न हिच्कीचाएको बताउनु भयो ।

शहीद भनेको कुनै जात विषेश नभई राष्ट्रको भएकोले राज्यले शहीद लखन थापालाई नेपालको प्रथम शहीद घोषणा गर्नु पर्नेमा जोड दिनु भयो । राज्यले वेवास्ता गरेका कारण प्रथम शहीद घोषणा गराउन नेपाल मगर संघले दवाव मुलुक विभिन्न कार्यक्रम गर्दै आएको बताउनु भयो ।

सो अवसरमा बोल्दै अध्यक्ष विरकट्टाले बुटवलको राजमार्ग चौराहमा फागुन २ गते प्रथम शहीद लखन थापाको पुर्णकदको शालीक अनावरण गर्ने कार्यक्रम रहेता पनि प्राविधिक कारणले गर्न नसकेको पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो ।

चन्दा संकलनबाट उठेको करिव ९ लाखको लागतमा निर्माण भएको पुर्ण कदको शालिक अनावर फागुन ७ गते प्रजातन्त्र दिवसको अवसमार अनावर गर्ने बताउनु भयो । प्रथम शहीद लखन थापाको स्मृति दिवसको अवसरमा राज्यले सार्वजनिक विदा दिनुपर्ने माग गर्नु भयो । सो अवसरमा बोल्दै अध्यक्ष विरकट्टाले प्रथम शहीद लखन थापा स्मृति दिवसमा विभिन्न शैक्षिक सत्र वन्द गरी सहयोग गर्न विद्यालयहरुलाई आग्रह गर्नु भयो । नेपाल मगर संघ जिल्ला समिति रुपन्देहीका सचिव कमला पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %