नेपाल मगर विद्यार्थी संघ बांके सिटि कलेज अफ म्यानेजमेन्ट ईकाई समितिको अध्यक्ष पदमा शुशिल थापामगर

Read Time:3 Minute, 9 Second

दिपा आले मगर

नेपालगन्ज  माघ २६,नेपाल मगर विद्यार्थी संघ बांके सिटि कलेज अफ म्यानेजमेन्ट ईकाई समितिको अध्यक्ष पदमा शुशिल थापामगर चयन हुनु भएको छ । त्यसैगरी सचिवमा सपना रानामगर र कोषाध्यक्षमा ललित पुनमगर चयन भएका हुन् । १५ सदस्यीय उक्त कार्य समितिमा तेज बहादुर थापामगर,सविता घर्तिमगर, कोमल थापामगर, भरत थापामगर, निर्मला लामामगर, दिपक रजालीमगर, कमल रानामगर, जीवन रानामगर, विवेक बुढामगर, कमल थापामगर, सुविता रानामगर र विना थापामगर सदश्यमा चयन भएका छन् ।  

ईकाई समिति गठनकै क्रममा नेपाल मगर विद्यार्थी संघ केन्द्रिय उपाध्यक्ष दिपा आलेमगरले वर्षौ देखि पछाडि परेका मगर विद्यार्थीको शैक्षिक स्तरलाई माथि उठाउन मगर विद्यार्थीहरु एक जुट भएर अगाडि बढ्नु पर्ने बताउनु भयो ।  उहांले गठनकै क्रममा नेपाल मगर विद्यार्थी संघको राष्ट्रिय विस्तारीत बैठकलाई केन्द्रित गर्दै बांकेमा हुन गईरहेको मगर विद्यार्थीको राष्ट्रिय भेलालाई भब्य रुपमा सफल पार्न विद्यार्थी युवा जमातको ठूलो भूमिका हुनु पर्ने धारणा राख्नु भयो ।

बांकेको सुन्दर नगरी नेपालगन्जमा फागुन २६ र २७ गते हुने राष्ट्रिय विस्तारीत बैठकमा मगर विद्यार्थीहरुकोलागि शैक्षिक, सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, भाषिक र मगर विद्यार्थी भित्र मगर महिलाको अवस्थाको बारेमा बहस र छलफल हुने हुंदा उक्त कार्यशाला गोष्ठिमा मगर विद्यार्थीहरुले भाग लिनु पर्ने बताउनु भयो ।  

त्यसैगरी नेपाल मगर विद्यार्थी संघ बांकेका अध्यक्ष विशाल रानामगरले ओझेलमा परेका मगर विद्यार्थीको भविष्यलाई उज्जवल बनाउकोलागि सबै मगर समुदाय एक ढिक्का भएर लाग्नुका साथै राज्यको दायित्व झनै हुनु पर्ने उल्लेख गर्नु भयो । कार्यक्रममा नेपाल मगर विद्यार्थी संघ बांकेका वरिष्ठ सल्लाहकार दुर्गा थापामगर र राजेन्द्र रानामगरले नयाँ चयन भएका मगर विद्यार्थीहरुलाई शुभकामना दिनुको साथ सक्रिय रुपमा मगर समुदायमा चेतना फैलाउदै देश विकासमा मगर विद्यार्थीको भूमिका हुनु पर्नेमा सल्लाह सुझाव दिनु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %