भिषामा विर्को लागेको हङकङ !

पूर्णिमा शाह

विहानको मिर्मिरे घामको किरण

सुरू हुन्छ हङकङको जीवन

मनमा असंख्य पीडा भएपनि

वाध्यताले मुस्कुराउदै कार्य गर्नु परेकै छ।

सवैको आ-आफ्नो पीडां अनेक

सायदै पींडा भएको होला एक

शुन्दर छ गर्भ गर्छु हाम्रो देश

 

मुलुकभर अन्योल राजनीतिक र आशान्ति

हुन्छ खति असहाय र निरिहकै भ्रान्ति

आशाका त्यान्द्रो सँगै भौंतारिंदै आए परदेशमा

रोजगारीको व्यावस्था राम्रो छैन हाम्रो देशम।

 नयाँ पूस्ता आउन चाहेर पनि

बेरोजगार भई वसिरहेछ त्यही

 

एकातिर आफ्नै देशको दूर्गतिको कारणले

अर्कोतिर रोजगार भिषा वन्देजको कारणले

जतिपनि छन् हङकङमै विलाउदै

हरेकको चाहना जीवनका सपना पुरा गर्नुनै

शुन्दर सपना वोक्दै च्याप्दैछ आईडी

कोही परिस्थितिको वाध्यताले हुदैछ रिफूजी

 

अनगिन्ति अन्य दुःख र व्याथा कसरि गिन्ने

हाम्रो पींडा रआवाज कसले सुनिदिने

नोकरीको रत्तिभर छैन भर

औंला ठड्याईको ईसारामा निकालिने डर

निकाल्लिएमा कित जाऊ फर्की

कित वन्यो भूमिगत रिफूजी

 

निस्कासनबाट जोग

आफ्नो कमजोरी आफै खोज

किन हामी निकाल्लियौं,किन निक्लिन्छौं

आफ्नो कमजोरीपन पत्ता लगाऔं

आंचरण र भाषालाई सुधारौं

 

यँहा कोहि लागि परेकोछ भिषा खोल्नको लागि

हरेक हप्ता वुलन्द नारा लि निकाल्छ रयाली

कोहि भने मस्त पार्कमा सुतिरहन्छ खाली

कोहि वचेको समय दिन्छन् समाजकै लागि

 

साथी हो,यँहा आई कर्म गर्नु छभने

पहिलो आफूलाई बलियो वनाऊ

आफू र देशलाई चिनाउ

नेपाल र नेपालीको ईज्जतलाई वंचाऊ

नेपालीको भिषा अझै बन्दै छ

यै विषयमा कैयौंको चेतनानै मन्दै छ

सम्वन्धित निकायमा यो आवाज पुगोस्

कसैलाई पींडा दिने, वन्द भिषा पून खोलियोस ।।।