सहिद दिवस र नेपालका प्रथम सहिद लखन थापा

Read Time:4 Minute, 10 Second

बिजय हितान

नेपालमा एक सप्ताहको लागि देश ब्यापी सहिद दिवस मनाइदै गर्दा बेलायतमा पनि आउँदो शनिबार ९ फेब्रुअरीको दिन प्रजातन्त्र प्राप्तीको लागि आहुती दिने सम्पुर्ण सपुतहरूको सम्झनामा स्मिर्ती दिवस आयोजना गरिदै छ । नेपालमा काठमान्डुको सहिद गेटमा गएर सन १९४१ मा मारियका चार सहिदहरू: धर्मभक्त, गङालाल, सुक्रराज,दसरथको मुर्तिमा माल्यापर्ण गर्दै देसभरी बिभिन्न गोस्टी राखेर यस दिवसलाई मनाइन्छ । तर यहि दिवस मनाइने क्रममा अर्का सहिद, लखन थापा मगर (द्रितिय) लाई , जसलाई त्यहि निरन्कुस जहानिया राणा सासकले सन १८७७ मा झुन्ड्याएर मारेका थिए, त्यति ध्यान दीइएको पाइंदैन । नेपाल् सरकारले सन २००० मा उनलाई सहिद भनेर घोषणा गरेपनी न त सम्पुर्ण जनमानसलाई थाहा छ उनीले रास्ट्रलाई के देन दिएका थिए भनेर, न त नेपालि सरकारको त्यति चासोनै राखेको पाइन्छ । यसैलाई मध्यनजर राख्दै गत केही बर्षदेखि बेलायत लगायत बिस्वका अन्य मुलुकहरू जँहा नेपालिहरुको बाक्लो बसोबास छ जस्तै: हङकङ, जपान, अमेरिका जस्ता देसहरुमा सहिद लखन थापा दिवस भनेर छुट्टै कार्यक्रम गरि उनको स्मिर्ती दिवस मानाइन्छ ।

यसै सन्दर्भमा बेलायतमा नेपालि आदिबासी जनजाति महासँग बेलायत र मगर् संघ यु के को संयुक्त तत्वधानमा आउँदो सनिबार फार्नबोरोमा सहिद दिवस मनाइदै छ । उक्त एकदिने कार्यक्रमलाई नेपालबाट पाल्नुहुने बिसिस्ट अतिथि नेपाल् आदिबासी जनजाति महासँगका महासचिव श्री आङ्काजी शेर्पा ज्युले सम्बोधन गर्नुहुने भएको छ । साथै बेलायतका लागि नेपालि राजदुत महामहीम ड।. सुरेशचन्द्र चालिसे ज्युको पनि बिशेस उपस्थिती रहने भएको छ ।    

स्मरण रहोस लखन थापा मगरलाई तत्कालिन सासक जङग बहादुर राणाद्वारा सन १८७७ फेब्रुअरी १८ मा झुन्डाएर मारियको थियो । नेपालिलाई निरङ्कुस सासनको पन्जाबाट स्वातन्त्र गराउने जन आन्दोलनमा लागे बापत देशद्रोहीको मुद्दामा यस्तो सँजाए दीइएको थियो । यस्ता नेपाल आमाका पहिला जनयोद्दा गोरखा बुङकोटको काउ भङगार भन्ने गाउँमा सन १८३४ मा जन्मेका थिए । सन १८५४ मा नेपालि सेनाको मगर पल्टन ‘पुरानो गोरख गण’मा भर्ती भएर सन १८५७ को ‘सिपाही बिद्रोह’ दबाउन जङग बहादुर संगै लखनौ पुगेका थिए । सन १८७० मा सैनिकको क्याप्टेन पदबाट राजिनामा दीइ, जनसमुदाय बटुलेर, निरङ्कुस राणासासनको बिरुद्द लडेर, देशलाई मुक्तिको बाटोतिर डोराउने काम गरेका थिए । राणा सरकारको बारेमा कोही चुइक्क बोल्न नसक्ने अवस्थामा उनले गोरखामा १५००  फौज तैनाथ गरि जङग बहादुरलाई चुनौती दिंदै राणा सरकारको बिरुद्दमा जनचेतना अभियानमा जुटेका थीए ।  त्यसैले सहिद लखन थापा मगर २००७ सालको प्रजातन्त्र प्राप्तिका प्रेरणाका प्रमुख तथा प्रथम स्रोत हुनुहुन्छ भन्दा अत्युक्ती न होला ।   

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %