श्री गोपाल बुढाथोकी
साँघु सम्पादक तथा प्रकाशक
मच्छे गल्ली (पद्मकन्या कलेजको अगाडी)
बागबजार, काठमाडौं, फोन / फ्याक्सः ४२३०७४८
इमेलः sanghuweekly@gmail.com, पो.ब. नं. २९८४
(985-10 23 ६२१)
बिषय: “आङकाजीले बिदेशबाट करोडौं कुम्ल्याएको आरोप” भन्ने समाचार सम्बन्धी आजको मितीले ७ दिन भित्र सत्य तथ्य सहित जानकारी गराउने बारे ।
०४ फेब्रुअरी २०१३, सोमबार अन्लाईन खबरले तपाईंको मिडिया कम्पनी “साँघु साप्ताहिक पत्रीका” ले छपाएको समाचार भनि यो शिर्षक “आङकाजीले बिदेशबाट करोडौं कुम्ल्याएको आरोप” http://www.onlinekhabar.com/2013/02/38787/#.UQ87cEXbji8.facebook मा समाचार सम्प्रेषण गरेको छ । यो समाचार प्रति हामी विश्वको बिभिन्न राष्ट्रहरुमा बसोबास गर्ने लाखौं नेपाली आदिवासी जनजातिहरूमा चासोको बिषय बनेको छ । विश्वको २२ राष्ट्रहरुमा सङ्गठित नेपाली आदिवासी जनजातिहरूको छाता संगठन “अन्तरराष्ट्रिय आदिवासी जनजाति संघर्ष समिति” ले गत जेठमा नेपाल आदिवासी जनजाति संयुक्त संघर्ष समिति द्वारा आयोजित ऐतिहासिक “आदिवासी जनजाति आन्दोलन २०१२” लाई समर्थन गर्दै आन्दोलनमा घाइते भएका सयौ आदिवासी जनजाति आन्दोलनकारीहरूलाई सरकारले उपचारमा बेवास्ता गरेको कारण उनिहरुको उपचारार्थ बापत यस “अन्तरराष्ट्रिय आदिवासी जनजाति संयुक्त संघर्ष समिति” ले एउटा अक्षय कोष खडा गरि सहयोग गर्ने सहमती भएको थियो । गत जेठ ९ गते २०६९ मा आदिवासी जनजाति सयुक्त संघर्ष समिति र नेपाल सरकार बीच ७ बुढे सहमती भएको र उक्त सहमतीमा जति पनि आन्दोलनमा घाइते भएकाहरूको उपचार नेपाल सरकारले गर्ने/ब्यहोर्ने भन्ने सहमती भए पछि हामीले उक्त घाइते पीडित अक्षय कोषलाई निश्क्रिय बनाएको कुरा सत्य हो ।
विश्वको २२ राष्ट्रहरुमा कृयाशिल आदिवासी जनजाति महासंघ, राष्ट्रिय समिति/परिषदहरू, जस्तै: अमेरिका, हङकङ र केही यूरोपियन राष्ट्रका महासंघ राष्ट्रिय परिषदहरूले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमहरुमा श्री आङ काजी शेर्पाज्यूलाई निमन्त्रणा गरेकै थियो र वहाँ ती मुलुकहरुमा सहभागी हुनु भएकै कुरा सत्य हो । तर, श्री आङ काजी शेर्पाज्यूलाई कुनै पनि राष्ट्रका महासंघले एक रुपैया पनि वहाँलाई दिएको “अन्तरराष्ट्रिय आदिवासी जनजाति संयुक्त संघर्ष समिति” लाई जानकारी छैन । साथै, सयुक्त संघर्ष समितिलाई जानकारी र कुनै उदेश्य बिना कुनै पनि ब्यक्ति अथवा नेपाल आदिवासी जनजाति महासंघको केन्द्रिय समितिलाई एक रुपैया पनि पठाउन मिल्दैन । यहाँले यो समाचार कुन श्रोतबाट पाउनु भो र कुन आधारमा यहाँले तपाईंको पत्रिका मार्फत सार्वजनिक गर्नु भयो ? सत्य तथ्य सहित आजको मिती देखि सात दिन भित्र अथवा आगामी १३ फेब्रुअरी २०१३ बुधवार सम्ममा हामीलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ ।
बोधार्थ:
नेपाल आदिवासी जनजाति महासंघ, केन्द्रिय कार्यालय, काठमाडौं
सूचना तथा संचार मन्त्रालय, सिंह दरबार, काठमाडौं
नेपाल पत्रकार महासंघ, काठमाडौं
भवदिय,
हुम सुनारी मगर
संयोजक,
२२ राष्ट्रमा कृयाशिल आदिवासी जनजाति महासंघहरूको छाता संगठन
“अन्तरराष्ट्रिय आदिवासी जनजाति सयुक्त संघर्ष समिति”