नेपालगन्ज
माघ २३,खेलकुद तथा सांगितिक जागरण अभियान अन्र्तगत बाँकेका विभिन्न विद्यालयमा सोमबार खेल तथा कलाकर्मीले भेटघाट गरेका छन् । राष्ट्रिय किर्तिमानी खेलाडी दिपक विष्ट र वरिष्ठ गायिका कोमल वलीले विद्यार्थी भेटघाटमा गरेका हुन् । बाँकेको नेपालगन्ज, कोहलपुर, खजुरा र सैनिक क्षेत्रमा रहेका अमर मा.वि., मैटहवा उमा.वि., शुक्र मा.वि., धु्रवतारा मा.वि., जनता मा.वि., ज्ञानोदय मा.वि., आर्दश मा.वि., धम्बोझी उमावि, योगिनी उमावि, त्रिभुवन उमावि, गुराँ चाइल्ड हुडएकेडेमिका विद्यार्थी तथा अभिभावकहरु सँग भेटघाट गरेका हुन् । भेटघाटका क्रममा योगिनी उमावि गौघाटका प्रिन्सीपल केदार नाथ पाठक र विद्याल्य व्यवस्थापम समितिका अध्यक्ष याम बहादुर महतारा, गुँरास चाइल्डहुड एकेडेमि सितापुरका प्रिन्सीपल गोबिन्द रावत र विद्याल्य व्यवस्थापन समितिका अधयक्ष गणेश थपलियाले संयुक्त रुपमा उनलाई कदरपत्रले सम्मानसमेत गरे । भेटघाटका क्रममा वोल्दै किर्तिमानी खेलाडी दिपक विष्टले आफु पनि यस्तै गाउघरमा नै जन्मी , विद्यार्थी जिवनवाट नै आफु खेल क्षेत्रमा प्रवेश गरेको वताए । उनले कुनै पनि क्षेत्रमा काम गर्दा मेहनत र काम प्रतिको लगाव अति आवश्यक हुनु पर्नेमा जोड दिए । त्यसैगरि वरिष्ठ गायिका कोमल वलीले आफु उत्कृट खेलाडी वन्न नसके पनि खेलजगतमा पाईला टेकेको खेलप्रति आफु पनि शोखीन रहेको वताईन् । उनले सिमामा सद्भावको आवश्यकता र औचित्य पनि औल्याइन । भेटघाटका क्रममा कोमल ओलीले चर्चित गितहरु गाएर सहभागीहरुलाई मनोरञ्जन समेत प्रदान गरिन । यहि माघ २३ गतेदेखि २९ गतेसम्म नेपालगन्जको रंगशालमा आयोजना हुने इन्डो नेपाल खेलकुद तथा संगित महोत्सवको पूर्व सन्ध्यामा भेटघाटको कार्यक्रम आयोजना गरिएको हो । क्रियटिभ ह्याण्डसको आयोजनामा हुने कार्यक्रमको व्यवस्थापम अन्तराल मिडियाले गर्दैछ भने नेपाल खेलकुद पत्रकार मंच र समिट ग्रुपले सहकार्य गर्दैछ ।