देब पचभैया,पाल्पा
२२ औ प्याव्सन दिवसको अवसरमा निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याव्सन पाल्पाले तानसेनमा आयोजना गरेको खेलकुद प्रतियोगीतामा आज पनि क्रिकेट तर्फ २ र फुटवल तर्फ ५ वटा खेल भएका छन् । आज भएको क्रिकेट प्रतियोगितामा सेन्टक्यापीतानीयो स्कुल र पाल्पा आवासीय स्कुल बिजयी भएका छन् भने फुटवल तर्फ सनराईज बोर्डिङ स्कुल डुम्रे, बेथल बोर्डिङ स्कुल, न्युहोराइजन उच्च मावि र सेन्टक्यापीतानीयो विजयी भएका छन् । क्रिकेट तर्फ सेन्टक्यापीतानीयो र बेथल स्कुल विच भएको प्रतियोगितामा सेन्टक्यापीतानीयो २ रनले विजयी भएको छ । पाल्पा आवासीय र सनराइज बोर्डिङ डुम्रे विच भएको अर्को खेलमा पाल्पा आवासीय १ सय १५ रनको अन्तरले विजयी भएको छ । आजै भएको फुटवल प्रतियोगितामा सनराईज बोर्डिङ स्कुलले प्रशान्ती स्कुललाई १–० गोल अन्तरले पराजीत गरेको छ । त्यसैगरि बेथल बोर्डिङ स्कुल र सनराईज पव्लीक स्कुल कसेनी विच भएको खेलमा बेथल २–० ले विजयी भएको छ । निर्धारीत समयमा दुवै पक्षबाट गोल हुन नसके पछि ट्राइब्रेकरमा बेथलले २ गोल गरेर विजयी भएको हो । यस्तै न्युहोराइजन र पोल स्टार इन्टीच्युट प्रभास विच भएको खेलमा न्युहोराइजन १–० ले विजयी भएको छ । बृन्दाबन एकाडमी र सेन्टक्यापीतानीयो विच भएको खेलमा सेन्टक्यापीतानीयो ८–० को गोल अन्तरले विजयी भएको छ । सनराईज डुम्रे र बेथल बोर्डिङ स्कुल विच भएको खेलमा बेथल ४–० गोल अन्तरले विजयी भएको छ । हिजो बाट तानसेन स्थित टुडीखेल मैदानमा सुरु भएको प्रतियोगीतामा फुटवल तर्फ १४ र क्रिकेट तर्फ १०वटा टिमले भाग लिएका छन् । प्रतियोगिताको फाईनल आइतबार हुनेछ ।
