हेलिकप्टर दुर्घटनामा मारिएका चालक बस्नेत र प्राविधिक अवालेको शव काठमाडौँ ल्याइँदै

Read Time:1 Minute, 6 Second

 काठमाडौँ, २२ कात्तिक 

 सोलुखुम्बुमा हिजो दुर्घटनाग्रस्त भएको फिस्टेल एयरको हेलिकप्टरका चालक क्याप्टेन सविन बस्नेत र प्राविधिक पूर्ण अवालेको शव आज राजधानी ल्याइएको छ ।

 त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार उहाँहरूको शवलाई पोष्टमार्टमपश्चात परिवारजनलाई बुझाइनेछ ।

 मृतक बस्नेत र अवालेको शव दिउँसो १ः३० मा लुक्ला विमानस्थलबाट  काठमाडौँ ल्याइएको हो ।
 
 मृतक बस्नेत र अवालेको शवको पोस्टमार्टम सम्भव भएसम्म आजै शिक्षण अस्पताल महाराजगन्जमा गराई अन्तिम संस्कारका लागि निजका आफन्तलाई शव बुझाउने  नागरिक उड्डयन कार्यालयका निमित्त महाप्रवन्धक ऋषिकेश शर्माले बताए ।

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %