हङकङको माओवादीमा सुधार,सातौं महादिवेशनको लागी प्रतिनिधि नेपाल तर्फ

Read Time:2 Minute, 59 Second

आम्भु जेठा

हङकङ, ३१ जनवरी , एकीकृत नेकपा माओवादीको हङकङमा रहेको खुला मञ्च (सामाजिक सस्था) एकीकृत नेपाली मञ्चमा सदस्य थप गरि कार्य विभाजन गरेको छ । समितिको आइतवार वसेको वैठकले संजय गुरुङ ‘अशोक’ लाई सदस्यमा नियुक्त गरि विभिन्न उप समितिहरु गठन गरेको छ । उपसमितिमा संगठन विस्तार संयोजक राजु गुरुङ “एस वी”, सह संयोजक दुर्गा गुरुङ “मिलन” रहेको छ भने प्रवक्तामा गोविन्द कुमार गुरुङ, प्रचार–प्रसार विभागमा रविन लिङदेन, नैन सिं गुरुङ, खेलकुद विभागमा रविन नाल्बो, जजिन चाम्लिङ, साँस्कृतिक विभागमा केशव राई, देविदास राई, आर्थिक विभागमा मन प्रसाद गुरुङ, अर्जुन राना लगायत अन्य उपसमितिहरु गठन गरि कमिटिमा सुधार गरिएको महासचिव राजु गुरुङले वताए । बैठकले एकीकृत नेकपा माओवादीको सातौं महादिवेशनमा भाग लिनको लागि महासचिव राजु गुरुङ “एस वी” लाइ विना विवाद सर्वसम्मतले चयन गरेको छ । जिल्ला कमिटिको अघिल्लो आइतवार वसेको बैठकमा निर्णय भए अनुसार पार्टीको खुला मञ्चलाई एक प्रतिनिधि र एक प्रर्यय वेक्षक दिने निर्णय गरेको थियो भने जातिय मोर्चाहरुमा एक पर्ययवेक्षक दिने निर्णय गरेको मञ्चका अध्यक्ष धिरेन्द्र चाम्लिङले वताए । महादिवेशनमा भाग लिनको लागी हङकङबाट प्रतिनिधि र पर्यवेक्षको टोली नेपाल लागेका छन् । पार्टीको निवर्तमान सचिव जे. वी. ओख्राबुको संयोजकमा हङकङबाट चार जना प्रतिनिधि र दुई पर्यवेक्षक गरि छ जनाको टोलि सुक्रबार सम्ममा हेटौंडा पुग्ने कुरा हङकङ पार्टीको अधिवेशन संयोजक तुलाजङ गुरुङले वताए । पार्टीको निवर्तमान सचिव जस बहादुर ओख्रावु “जे. वी”, अधिवेशन संयोजक तुलाजङ गुरुङ, एकीकृत नेपाली मञ्चको महासचिव राजु गुरुङ “एस वी”, निवर्तमान सहसचिव पवन वस्नेत गरि चार जना प्रतिनिधिको रुपमा सातौं महादिवेशनमा भाग लिने छन भने एकलाल गहतराज र जातिय मोर्चाको तर्फबाट ललित आङवोहाङले पर्यवेक्षकको रुपमा भाग लिनेकुरा खुल्न आएको छ । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %