रामपुर पाल्पा
माघ १८,गाउँबाटै लोप हुदै गएको नौमती बाजा संस्कृति संरक्षणमा पाल्पा जिल्ला रामपुर गाविसका युवा लागेका छन् । बजारमा आउने आधुनिक विभिन्न रिमिक्स गितसंगीतले गाउँघरबाट लोप भएको बाजा संरक्षणमा रामपुरका युवाहरु समुह बनाएरै लागेका हुन् । परम्परागत रुपमा गाउँघरमा दमाई समुदायले मात्र बजाउँदै आएकोमा ब्राह्मण र मगर समुदायका युवाको पहलमा बाजा संरक्षणमा जुटेको अध्यक्ष बाबुराम थापाले बताउनुभयो । प्रायः ब्राह्मण र मगर समुदायका युवाहरु भएकाले जातिय रुपमा बाजा होइन कला संस्कृति जगेर्ना गर्न लागेको थापाको भनाइ छ । समुहमा झण्डै ५० भन्दा बढी गाउँका युवा आबद्ध छन् ।