दपिा आले मगर
नेपालगन्ज माघ १७ ,नेपालगन्जमा जारी अन्डर–१९ क्षेत्रीय छनोट क्रिकेट प्रतियोगीको उद्घाटन खेलमा बाँके २ सय ७२ रन अन्तरले बिजयी भएको छ । स्थानिय मंगलप्रसाद उच्च माबिको खेल मैदनमा भएको खेलमा टस हारेर व्याटिङमा तानिएको बाँकेले निधार्रित ४० ओभरमा ८ विकेट गुमाएर ३ सय ५१ रन बनाएको छ । जवाफी ३ सय ५२ रनको लक्ष्य लिएर मैदान उत्रेको सुर्खेल २५.१ ओभरमा सबै बिकेट गुमाएर ७९ रनमा समेटिएको थियो । पहिलो ओभरको पहिलो बलमानै नै एक विकेट खसेको बाँकेका लागी अमर सिंह रौटेलाले नटआउट ८१ वासिम हल्वाई ५३,ईम्ब्रन खाँन ४७ प्रज्वल शाही ३२ र आकाश बिष्टले २६ रनको योगदान गरेका थिए सुर्खेतका लक्ष्मण खड्काले ३५ रन जोड्नु वाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् बाँकेका आकाश बिष्टले ४ ओभरमा १९ रन दिएर ३ बिकेट लिए बाँके जिल्ला क्रिकेट संघको आयोजनामा सुरु भएको प्रतियोगतामा बाँके, बर्दिया, सुर्खेत र दाँग जिल्लाको सहभागीता रहको छ । माघ २१ गतेसम्म संचालन हुने प्रतियोगता ४० ओभरको हुनेछ ।