पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज अन्तिम क्वाटर फाइनलको खेल हुदै छ । पोखरा रंगशालामा दिउसो २ बजेपछि सुरुहुने खेलमा मनाङ मस्र्याङदी र आयोजक साहारा फुटबल क्लब भिड्ने छन् । आयोजक साहाराले राजधानीको मच्छिन्द्र क्लबलाई पराजित गर्दै क्वाटर फाइनलमा पुग्दा मनाङ भने सिधै वाइ पाएर अन्तिम आठमा पुगेको हो । दुवै टिमलाई पोखरेली दर्शकको समान समर्थन भएकाले आजको खेल निकै रोमाञ्चक बन्ने अनुमान गरिएको छ । हिजोको खेलमा रानीपोखरी कर्नर टिम आरसिटिलाई ट्राइब्रेकरमा पराजित गर्दै सेमीफाइनलमा प्रबेश गरेको छ
आहा रारा गोल्डकप फुटबलमा आज अन्तिम क्वाटर फाइनलका खेल हुँदै
Read Time:56 Second