काठमाण्डौ,माघ १३
उत्तरी छिमेकी राष्ट्र चीनले नेपालका लागि नयाँ राजदुत प्रस्ताव गरेको छ ।बर्तमान राजदुत याङ होउलान बढुवा गरी चिन फिर्ता बोलाए पछि चिनिया बिदेश मन्त्रालयले ऊ छुनथीलाई नयाँ राजदुतका लागि प्रस्ताव गरेको हो ।
नयाँ राजदुत छुनथीको नाम प्रस्ताव गर्दै नेपालमा एग्रीमोका लागि नेपालमा नाम समेत पठाएको छ ।चिनिया कम्युनिष्ट पार्टीको बिदेश बिभागबाट बिदेशमन्त्रालयमा सरुवा हुनुभएका छुनथीलाई पहिलो पटक राजदुतका रुपमा नेपाल पठाउन लागिएको हो ।
चिनिया कम्युनिष्ट पार्टीमा नयाँ नेतृत्व आएपछि केहि पुराना राजदुतहरु परिवर्तन गर्न लागेको छ ।पछिल्लो समयमा नेपाल प्रति चासो बढाएको चिनले राजनीति र बिदेश मामिलामा खारिएकालाई नेपाल पठाउने नीति अन्तरगत छुनथीलाई नेपाल पठाइएको हो ।उहाँ नेपाल सरकारले एग्रीमो स्वीकृती गरे लगतै नेपाल आउनुहुनेछ ।