संबिधान निर्माण नभई संबिधानसभा बिघटन हुनु दुर्भाग्य:राष्ट्रपति यादब

Read Time:2 Minute, 12 Second

काठमाण्डौ,माघ १३

राष्ट्रपति डाक्टर रामबरण यादबले संबिधान निर्माण नभई संबिधानसभा बिघटन हुनु दुर्भाग्य भएको टिप्पणी गर्नुभएको छ । नेपाल वार एशोसियशन र ल एसियाले आज बिहान गरेको कार्यशाला गोष्ठीमा राष्ट्रपति यादबले संबिधानसभाबाट संबिधान जारी हुन नसकेका कारण मुलुकमा संक्रमणकाल कायमै रहेको समेत बताउनुभयो ।

उहाले दलहरुको असहमतिका कारण मुलुकले नयाँ संविधान पाउन नसक्नु मुलुकका लागि ठूलो विडम्वना भएको भन्दै चिन्ता ब्यक्त गर्नुभयो । लोकतन्त्रलाई संस्थागत गर्न धेरै चुनौती रहेको उल्लेख गर्दै राष्ट्रपति यादवले यसतर्फ सबै दल गम्भीर नभए परिणाम गलत हुन सक्नेमा सचेत गराउनुभयो । कार्यक्रममा प्रधानन्यायधिश खिलराज रेग्मीले कानुनी शासन स्थापित हुन सके लोकतन्त्रको रक्षा हुने बताउनुभयो । स्वतन्त्र न्यायपालिकाको लागी कुसैसंग सम्झौता हुन नसक्ने उहाको भनाई छ ।

एशिया प्रसान्त क्षेत्रका बार एशोशिएशनको साझा संगठन ल एशिया र नेपाल बार एशोशियशनले संयुक्त रुपमा आयोजना गरेको अन्तराष्ट्रिय कार्यशाला गोेष्ठी भोलीसम्म चल्ने आयोजकले जनाएको छ । कार्यशालामा स्वतन्त्र न्यायपालीका, कानुनी शासन, सम्पती सुद्धिकरण, स्वतन्त्र बार, लगाएतका बिषयमा बिभिन्न देशका प्रतिनिधीहरुले कार्यपत्र प्रस्तुत हुने छ । कार्यशाला गोष्ठीमा  नेपाल, मलेसिया, जापान, कोरिया, सिङ्गापुर, भारत , श्रीलंका लगाएतका दुई सय प्रतिनिधि सहभागी छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %