श्रीमानद्धारा श्रीमति र भाईको वञ्चरो प्रहार गरी हत्या

दाङ (तुल्सिपुर), २१ कात्तिक 

दाङमा गएराति एक व्यक्तिले आफ्नी श्रीमतीसहित दुईजनाको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दाङ लुहारपानी–७ निवासी गोरबहादुर पुनले आफ्नी श्रीमती २३ वर्षीया कृष्णा र साढुभाइ देउखुरी सिसहनिया लठहवा निवासी २१ वर्षीय रवीन चौधरीलाई गएराति हत्या गरेका हुन् ।

सामान्य विवादका कारण गोरबहादुरले बन्चरो प्रहार गरी दुवैको हत्या गरेको प्रहरीले जनाएको छ ।
 
अभियुक्त गोरबहादुर फरार रहेको र उनको खोजी भइरहेको दाङ प्रहरीले जनाएको छ ।

 

 

रासस

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %