फिस्टेल एअरको हेलिकप्टर दुर्घटना, दुईको मृत्यु

Read Time:1 Minute, 28 Second

सोलुखुम्बु, कार्तिक २१ 

लुक्लाबाट सोलुखुम्बुको आमाडब्लम हिमालको बेस क्याम्पका लागि उडेको फिस्टेल एअरको हेलिकप्टर आइतबार बिहान बेस क्याम्प नजिकै दुर्घटना हुँदा हेलिकप्टरमा सवार दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट लुक्ला पुगेर पर्वतारोहीलाई उद्धार गर्न गएको बेला हेलिकप्टर दुर्घटना भएको फिस्टेल एअरले जनाएको छ । दुर्घटनामा क्याप्टेन सबिन वस्नेत र इन्जिनियर पूर्ण आवालेको मृत्यु भएको छ ।

बिरामी परेका जापानी पर्वतारोहीको उद्धारका लागि गएको हेलिकप्टरमा क्याप्टन र इन्जिनियर मात्र थिए । नागरिक उड्डयन प्राधिकरण फाप्लुका प्रमुख विष्णु अधिकारीले दिएको जानकारी अनुसार विहान ९ बजेर ५० मिनेटमा उक्त हेलिकप्टर आकाशबाट सिधा खंसेको थियो । प्रतिकुल मौसमका कारण १८ हजार फिट उँचाईमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको लुक्ला विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %