दाङ (तुलसीपुर), २० कात्तिक । रुकुममा आज भएको जिप दुर्घटनामा चार व्यक्तिको मृत्यु भएको छ ।
राप्ती अञ्चल कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार रुकुमको सोलाबाट रुकुमकोटतर्फ आउँदै गरेको लु १ ज १९०६ नम्बरको जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी मुत्यु हुनेमा रुकुम शोभा गाविस–३ टाकुराकी ३० वर्षीया सुधा बिसी, उहाँका तीन वर्षीय छोरा सन्दिप बिसी, सल्यान शिवरथकी ५१ वर्षीया बाटा ओली र सनाखत हुन बाँकी अर्का एक जना छन् । रासस