प्रथम इन्डो नेपाल खेलकुद तथा संगित महोत्सव २०६९

Read Time:1 Minute, 51 Second

दीपा आले नेपालगन्ज माघ १० गते

बांकेमा यही माघ २३ गते देखि २९ गते सम्म सिमामा सद्भाव भन्ने नाराका साथ नेपालगञ्ज रंगशालामा हुने प्रथम इन्डो नेपाल खेलकुद तथा संगित महोत्सव हुने भएको छ । आज पत्रकार सम्मेलन गर्दै अन्तराल मिडियाका कार्यकारी निर्देशक जयनारायण शाहले सिमानामा खेल र संगीतको माध्यमबाट सद्भाव फैलाउनकोलागि उक्त कार्यक्रम गर्न लागेको पत्रकारहरुलाई बताउनु भएको हो । उहांले कार्यक्रमको तयारी तिव्र भएको जानकारी दिर्दै स्वदेश तथा भारतबाट समेत कलाकारहरु आउने बताउनु भयो । क्रियटिभ ह्यान्ड्सको आयोजनामा हुन लागेको उक्त महोत्सवमा अध्यक्ष टिएस ठकुरीका अनुसार कार्यक्रममा सहभागि हुन नेपालीहरु माझ सर्वाधिक लोकप्रिय कलाकार महानायक राजेश हमाल नेपालगञ्ज आउनु हुने जानकारी दिनु भयो । महोत्सवका टिकट बाट प्राप्त हुने रकमको ३० प्रतिशत हरिबहादुर रोकाया राष्ट्रिय खेल पत्रकारिता पुरस्कार कोष र जुम्ला स्थित कर्णाली एथ्लेटिक्स क्लवलाई प्रदान गरिने आयोजकले जनाएको छ । प्रथम इन्डो नेपाल खेलकुद तथा संगित महोत्सवलाई सफल पार्न अन्तराल मिडिया, समिट  ग्रुप र क्रियटिभ ह्यान्डको सहकार्य रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %