मैत्री पुर्ण फुटवलमा मगर आदिवासी पराजित

सन्जोग लाफा मगर

मगर पर्व माघे सक्रान्तिको उपलक्ष्यमा नेपाल मगर संघ जिल्ला समिति काठमाडौद्धारा आयोजित मैत्री पुर्ण फुटवल, मगर आदिवासी विरुद्ध आदिवासी अन्य समुह विच प्रतियोगिता माघ ६ गते लेबोटोरी स्कुल किर्तिपुरमा सम्पन्न भयो । संघर्षरत खेलमा २ गोलको विरुद्ध ५ गोलले मगर आदिवासी पराजित भयो । विजेता टोलीका क्याप्टेन डा. कृष्ण भट्टचनलाई २७ किलोको खसी र पराजित टोलीका क्याप्टेन सञ्जोग लाफा मगरलाई ३ किलोको कुखुराको भाले नेपाल मगर संघ जिल्ला समिति काठमाडौका अध्यक्ष डब गर्बुजा मगरले प्रदान गर्नु भयो । खसी प्रायोजन प्रहरी महानिरीक्षक कुबेरसिंह राना मगरले मगर फुटबल खेलाडीलाई जर्सी एवं मैदान खर्च भोग व्युटी पार्लरका चुनु थापा मगर र हिमालयन यात्रा टुर्स प्रालिका यम झेडी मगरले प्रायोजन गर्नु भएको थियो । हरेक शनिवार विविध क्षेत्रमा संलग्न आदिवासीहरुको रोचक फुटवल प्रतियोगिता आयोजना भइरहेको छ ।