मैत्री पुर्ण फुटवलमा मगर आदिवासी पराजित

Read Time:1 Minute, 30 Second

सन्जोग लाफा मगर

मगर पर्व माघे सक्रान्तिको उपलक्ष्यमा नेपाल मगर संघ जिल्ला समिति काठमाडौद्धारा आयोजित मैत्री पुर्ण फुटवल, मगर आदिवासी विरुद्ध आदिवासी अन्य समुह विच प्रतियोगिता माघ ६ गते लेबोटोरी स्कुल किर्तिपुरमा सम्पन्न भयो । संघर्षरत खेलमा २ गोलको विरुद्ध ५ गोलले मगर आदिवासी पराजित भयो । विजेता टोलीका क्याप्टेन डा. कृष्ण भट्टचनलाई २७ किलोको खसी र पराजित टोलीका क्याप्टेन सञ्जोग लाफा मगरलाई ३ किलोको कुखुराको भाले नेपाल मगर संघ जिल्ला समिति काठमाडौका अध्यक्ष डब गर्बुजा मगरले प्रदान गर्नु भयो । खसी प्रायोजन प्रहरी महानिरीक्षक कुबेरसिंह राना मगरले मगर फुटबल खेलाडीलाई जर्सी एवं मैदान खर्च भोग व्युटी पार्लरका चुनु थापा मगर र हिमालयन यात्रा टुर्स प्रालिका यम झेडी मगरले प्रायोजन गर्नु भएको थियो । हरेक शनिवार विविध क्षेत्रमा संलग्न आदिवासीहरुको रोचक फुटवल प्रतियोगिता आयोजना भइरहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %