भैलीको जीप दुर्घटनामा एकको मृत्यु, छ घाइते

Read Time:1 Minute, 20 Second

    पर्वत (फलेवास), २० कार्तिक । सदरमुकाम कुश्माबजारबाट मालढुङ्गा तर्फ जाँदै गरेको ग १ च १७४१ नम्बरको जिप शनिबार बिहान पर्वतको शिवालय गाविस वडा नं ९ स्थित छमर्केमा दुर्घटना हुँदा एक जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने अरु छ जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा शिवालय गाविस–९ का १२ वर्षीया विश्वास पुन रहेका छन् । एक जना घाइतेको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

गम्भीर घाइते भएका अशोक चापागाई र रामु जिसीलाई थप उपचारका लागि पोखरा लगिएको छ ।
अन्य घाइतेमा १२ वर्षीय प्रविण चापागाई, १५ वर्षीय मनोज क्षेत्री, १४ वर्षीय विशाल तामाङ र १३ वर्षीया सुजन चापागाई रहेका छन् । उनीहरु सामान्य उपचारपछि घर फर्किएको जिल्ला अस्पताल सल्लेले जनाएको छ ।

उनीहरु छमर्केबाट शिवालय गाविसकै अर्मादीतर्फ देउसीखेल्न जाने क्रममा जिपमा चढेका थिए ।

 

 

रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %