हुम सुनारि मगर
रियाद, साउदी अरेबिया । साउदी अरेबियाको परिस्थिती अनुकुल १८ जनवरी २०१३, शुक्रबार साउदीको अल-खोबर शहरको गल्फ दरबार होटेलमा माघे सक्रान्ती पर्ब मनाइयो । नेपाल मगर संघ, साउदी अरेबियाका नव नियुक्त अध्यक्ष श्री बिमल थापा मगरको सभापतित्वमा सम्पन्न उक्त माघे सक्रान्ती पर्ब समारोहमा साउदी अरेबियाका लागि महामहिम राजदूत श्री उदय राज पाण्डेको प्रमुख आतिथ्य रहेको र नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरेबियाका अध्यक्ष श्री हुम सुनारी मगर बिशेष अतिथि रहेको थियो । साउदी अरेबिया कै ईतिहासमा मगर जातिबाट नेपाली दूताबासमा पहिलो पटक मगर कुतनितिज्ञ अथवा द्धितिय सचिवको रुपमा श्री कुल बहादुर मगरलाई उक्त माघे सक्रान्ती कार्यक्रममा आयोजक कमिटीले बिशेष अतिथिको रुपमा स्वागत गर्न पाउदा आयोजक लगायत हलमा उपस्थित दुई सय भन्दा बढी मगरहरू अती नै हर्षित देखिन्थे । उक्त कार्यक्रममा नेपाल मगर संघ, क्षेत्रिय समिति रियादका अध्यक्ष श्री सरोज आलेमगर, तमुधी प्रबास केन्द्रिय कार्य समिति, साउदीका का वा अध्यक्ष श्री तिलक गुरुङ र महासचिव श्री खेम गुरुङ, गैर आवासिय नेपाली संघ, साउदीका अध्यक्ष धरम के सी र संघ कै प्रमुख सल्लाहकार तारा भण्डारी, विश्व साहित्य महासंघ, साउदीका अध्यक्ष श्री खगेन्द्र अधिकारी र मिथिला एकता समाज, साउदीका अध्यक्ष रुकेश कुमार शाहको पनि अतिथिको रुपमा सहभागिता रहेको थियो ।
माघे सक्रान्ती पर्ब समारोहमा नेपालका पहिलो सहिद स्वर्गिय लखन थापा मगर र ज्ञात अज्ञात सहिदहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो । मगर संघ, साउदीका प्रबक्ता श्री जय आले मगर द्वारा संचालित कार्यक्रममा मगर संघ, साउदीका वरिष्ट उपाध्यक्ष श्री बाबुराम राना मगरको स्वागत मन्तब्यबाट सुरु भएको उक्त समारोहमा प्रमुख अतिथि महामहिम राजदूत, श्री उदयराज पाण्डे, बिशेष अतिथि श्री हुम सुनारी मगर, दूताबासका द्धितिय सचिव श्री कुल बहादुर मगर, नेपाल मगर संघ, क्षेत्रिय समिति रियादका अध्यक्ष श्री सरोज आलेमगर, तमुधी महासचिव श्री खेम गुरुङ, तमुधी साउदी तथा जनजाति महासंघ साउदी कि केन्द्रिय सदस्य श्रीमती तुलसी माया गुरुङ, एनआरएनए साउदीका अध्यक्ष श्री धरम केसी एनआरएनए कै प्रमुख सल्लाहकार श्री तारा भण्डारी, विश्व साहित्य महासंघ, साउदीका अध्यक्ष श्री खगेन्द्र अधिकारी र मिथिला एकता समाज साउदीका अध्यक्ष श्री रुकेश कुमार शाहले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदूत श्री उदयराज पाण्डेले मुलुकमा बसोबास गर्ने सबै जात जातिहरूको चाड पर्बलाई सम्मान गर्नु पर्ने, सबै जात जातिहरू शरीरको अङगहरूको रुपमा रहेको र कुनै पनि अङ्गले काम गर्न छाड्यो भने शरीरले सहि तरिकाले चाहेको काम गर्न नसक्ने भएको हुँदा ती सबै अङ्गहरूलाई समान रुपले हेरे र बिचार गर्नु पर्ने आवश्यक्ता भए जस्तै मुलुकमा बसोबास गर्ने सबै जात जातिहरूलाई राज्य सत्ताले समान रुपले हेर्नु पर्ने धारणा राख्नु भएको थियो । सोही अनुसार नेपाली दूताबास साउदीमा पनि समाबेशिताको सुरुवाती भैसकेको जानकारी गराएको थियो ।
नेपाल मगर संघ, साउदी अरेबियाको स्थापना काल देखि नै संघको लागि मरिमेट्ने र मगर संघ साउदीको लागि अमुल्य योग्दान दिनु हुने संस्थापक अध्यक्ष तथा बर्तमान संरक्षक श्री बिष्णु थापा मगर लगायत संस्थापक संरक्षक तथा प्रमुख सल्लाहकार श्री प्रेम थापा मगर, वरिष्ट उपाध्यक्ष श्री बाबुराम राना मगर र कोषाध्यक्ष श्री खिम गर्बुजामगरलाई नेपाल मगर संघ, साउदी अरेबियाको तर्फबाट सम्मान पत्रले सम्मानित गरिएको थियो । कार्यक्रमको अन्तमा स्वदेशको झझल्को आउने गरि सहभागी सम्पुर्ण पाहुनाहरूलाई तरुल, सेल रोटी लगायत बिबिन्न परिकारहरूको साथमा भोजनको ब्यबस्था गरिएको थियो । पूर्व निर्धारित समय अनुसार नै दिउसो १२:३० बजे सुरु भएको कार्यक्रम ४:३० बजे सम्पन्न भएको थियो l