दीपा आले
नेपालगन्ज माघ ६, ३६ औं आइजिपी कपको उपाधि पहिलो पटक मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले हात पारेको छ आज पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरलाई १–० ले हराउदै मध्यपश्चिम आइजिपी कपको विजेता बनेको हो । खेलको अन्तिम ८५ औं मिनेटमा उत्कृष्ट खेलाडीको उपाधि पाएका मध्यपश्चिमका हरि कठायतले गरेको गोलले टिमलाई उपाधि दिलायो । २०२५ सालदेखि संचालन भएको आइजिपी कपमा सहभागी हुदै आएको मध्यपश्चिमले १७ वर्ष अघि फाइनल खेलेको थियो । २०५७ देखि द्धन्द्धका कारण ९ वर्ष प्रतियोगिता भएन । २०६७ यता प्रतियोगिता आयोजना भएपनि मध्यपश्चिम कहिल्यै फाइनलमा पुग्न सकेन । गत वर्ष त लिग चरणबाटै बाहिरिएको थियो । नेपाल प्रहरी केन्द्रिय खेलकुद विभागको आयोजना र मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतको आयोजनामा पुष २७ गतेदेखि प्रतियोगिता संचालन भएको थियो । विजेता टिमलाई प्रहरी महानिरिक्षक कुबेर सिंह रानामगरले नगद रु ५० हजार सहित प्रमाणपत्र र मेडल प्रदान गर्दै खेलको माध्यमबाट राष्टको छवि बढाउने हुंदा यस्ता खेललाई निरन्तरता दिनु पर्ने बताउनु भयो । बाइट उहांले नेपाल प्रहरी सधैं शारीरिक र मानसिक रुपमा सक्षम भए जनतालाई सेवा गर्न सधै तत्पर हुनु पर्ने धारणा राख्नु भयो । बाइट नेपाल प्रहरीको ८ वटा विभागिय टिमको सहभागिता रहेको आइजिपि रनिड शिल्ड फुटबल प्रतियोगितामा बांके जिल्ला प्रमुख ढुण्डीराज पोख्रेल, नेपाली सेनाका कर्नेल लभराज थापामगर, सशस्त्र प्रहरी कार्यालय नौबस्ताका वरिष्ठ प्रहरी उपरिक्षक निराक्रम विक्रम शाहलगायतले उपविजेता तथा प्रतियोगितामा सहभागी टिमलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।