राष्ट्रिय आइटीएफ तेक्वाण्दो खेलमा पाल्पालाई ६ स्वार्ण पदक

Read Time:2 Minute, 3 Second

देब पचभैया

पाल्पा, माघ ३ सर्लाहीको लालबन्दीमा भएको ११ औं सिनियर राष्ट्रिय आइटीएफ तेक्वाण्दो प्रतियोगितामा पाल्पाले ६  स्वर्ण पदक, २ रजत पदक, ३ कास्य पदक हात पारेको छ । पश्चिमाञ्चलबाट पाल्पाले ६ स्वर्ण, २ रजत र ३ कास्य पदक हात पारेको हो । बेथल तेक्वाण्दो दोजाङ्गकी सविया गाहाले ६१–६५ केजी तौलमा ग्रुप प्याटन, ग्रुप स्पारिङ्ग, रोतो पेटीमा गरी ३ स्वर्ण पदक १ रजत सहित ४ पदक हात पार्न सफल भईन् । बेथल तेक्वाण्दो दोजाङ्गकै सृजना सारुले ग्रुप प्याटन र स्पारिङ्गमा २ स्वर्ण पदक सहित १ रजत पदक प्राप्त गरिन् । मदरल्याड तेक्वाण्दो दोजाङ्गका सुरज सारुले निलो बेल्टमा १ स्वर्ण पदक हात पारे । मदरल्याण्ड कै हिमाल विकले ४१–४५ केजी स्पारिङ्गमा १ काँस्य पदक हात पारेका छन् । रिडी तेक्वण्दो दोजाङ्गका सागर रानाले १ काँस्य पदक हातपार्न सफल भएका छन् । आइटीएफ तेक्वाण्दो जिल्ला समिति पाल्पाका अध्यक्ष निर बहादुर सारुका अनुसार पाल्पाले राष्ट्रिय स्तरको खेलमा राम्रो प्रतिस्पर्धा गरी सफलता हात पारिरहेको छ । उहाका अनुसार  पाल्पा आइटीएफ तेक्वाण्दो सघंले जिल्ला स्तर देखि लिएर क्षेत्रीय, राष्ट्रिय स्तर सम्म नै पाल्पाको राम्रो पहिचान दिदै छुट्टै खालको छबी कायम गर्न सफल भएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %