आम्भु जेठा
हङकङ १५ जनवरी , अंग्रेजी नयाँ वर्षको उपलक्षमा हङकङका माओवादीहरुले शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । एकीकृत नेपाली मञ्च हङकङ नामक एक संस्थाले आइतवार जोर्डन स्थित फुलवारी क्लवमा उक्त कार्यक्रम गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि एकीकृत नेकपा माओवादी पार्टी हङकङका निर्वतमान सचिव जेवी ओख्रावुले यसै मञ्च मार्फत पार्टीको कार्यक्रम अगाडी आउने वताए । विशेष अतिथि नेपाली आदीवासी जनजाति संयुक्त संघर्ष समितिका संयोजक भक्त दुराले नेपालको राजनितिमा माओवादी पार्टीनै नेपालको आदीवासि जनजातिहरुको मित्र सक्ति भएको वताए । कार्यक्रममा एकीकृत नेपाली मञ्चका महासचिव राजु गुरुङले चेतनाको वृदी भएमा देशमा ठुलो परिवर्तन हुने भएकोले नेपालीहरुमा राजनैतिक रुपमा चेतनाको विकाश गर्न सकियो भने देश परिवर्तन हुने निश्चित भएको वताए । उनले विदेशमौ वसे पनि नेपाली राजनितिको चेतना सहि रुपले विकास भएमा नेपालमा हुने परिवर्तनमा प्रतक्ष रुपले असर पर्ने वताए । एकीकृत नेकपा माओवादी पार्टीको हङकङमा औपचारीक कार्यक्रम संचालन गर्नलाई पार्टीको सामाजिक सस्थाको रुपमा स्थापना भई समय अनुसार नाम परिवर्तन गर्दै आएको छ । सन २००२ देखि हङकङमा माओवादी नजिक रहेर काम गर्दै आएको संस्था धेरै वर्ष सम्म नेपाली जनसरोकार समाजको नामबाट कार्यक्रहरु संचालन गर्दै आएको थियो भने सन २०१२ मा आएर सस्थाले आफ्नो नाम परिवर्तन गरि एकीकृत नेपाली मञ्च हङकङको रुपमा स्थापना गरेको छ । अंग्रेजी नयाँ वर्षको २०१३को शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रममा तमु राष्ट्रिय मुक्ति मोर्चा हङकङका अध्यक्ष दुर्गा तमु, किराती राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष रमेश नामहाङ, मञ्च सम्बद्घ संघिय लिम्बुवान राज्य परिषदका सचिव झरमान लिङदेन, भारतिय भुपु सैनिक संघका कावा अध्यक्ष जजिन चाम्लिङ, तमु टह्यूल हङकङका सचिव युवराज गुरुङ, सनराइज साप्ताहिक तथा वगैंचा डटकमका पत्रकार कृष्णराज लावती, तमु प्येह्युल संघका अध्यक्ष जितेन्द्र गुरुङ, एकीकृत नेपाली मञ्च हङकङका उपाध्यक्षहरु देवीदास राइ, नैना सिं गुरुङ लगायल विभिन्न संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरुले आ–आफ्नो मन्तब्य राखेका थिए । एकीकृत नेपाली मञ्च हङकङका अध्यक्ष धिरेन्द्र चाम्लिङको अध्यक्षतामा भएको कार्यक्रम सचिव रविन लिङदेनले संचालन गरेका थिए भने उपाध्यक्ष गोविन्द गुरुङले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रमको अन्तयमा चियापान आयोजना गरेको थियो । चियापानको अन्तय संगै औपचारि कार्यक्रमको अन्त्य भएको थियो ।