कोरियन भाषा परीक्षामा ४ हजार भन्दा बढि उतिर्ण

काठमाडौ, आश्विन १४ – दक्षिण कोरियामा काम गर्न जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा परीक्षा दिएकाहरु मध्ये ४  हजार १ सय ८० जना उतिर्ण भएका छन् ।

 

गत भदौ १२ र १३ गते लिएको भाषा परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरिएको हो ।

परीक्षामा ३६ हजार १ सय ८१ जना सहभागी थिए । कोरियाले चार हजार कामदार लिने घोषणा गरे अनुरुप भाषा परीक्षा लिइएको थियो । भाषा परीक्षामा सफल भएका कामदारको स्वास्थ्य परीक्षण, रोजगारीका लागि आवेदन फाराम भर्नु पर्ने हुन्छ । 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %