महा सचिव लोकेश बोगटीको निधन, नेपाली महासंघको आकस्मिक बैठक

Read Time:4 Minute, 37 Second

 एनके सुनुवार

 हङकङ १३ जनवरी २०१३, हङकङ नेपाली महासंघका महा सचिव लोकेश बोगटीको असमायिक निधन भएको छ । यसै विषयलाई लिएर महासंघले आकस्मिक बैठक बोलाएको थियो । बैठकले मृतआत्मको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै मौन धारणको साथै समवेदना प्रकट गरेको थियो । संघका अध्यक्ष प्रदीप थापाको अध्यक्षतामा बसेको उक्त बैठकमा सल्लाहर समिति, कार्य समिति, सचिवालयका पदाधिकारी लगायत सदस्य संस्थाका प्रतिनिधि तथा अन्य शुभचिन्तकहरुको उपस्थिति रहेको उक्त बैठकले निम्न निर्णयहरु पारित गरि कार्यन्वयन समेत गरेको छ । जस अनु्सार उक्त दिन देखि ३ दिन सम्म महासंघको झण्डा आधा झुकाउने, सवदहन पछि शोकसभा नगरुन्जेल महासंघबाट कुनै औपचारीकमा अतिथि आसनग्रहण नगर्ने, महासंघको तर्फबाट गर्नुपर्ने अफिसियल विधिहरु कर्तव्यका साथ पुरा गर्ने र सवदहन पछि तुरुन्त शोकसभा आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तैगरी मृतकका परिवारसँग समन्वय गर्देै संघको तर्फबाट गरिने सहयोगमा कुनै कमी नहोस भन्ने अभिप्रायले प्रमुख सल्लाहकार हेम लिम्बूको संयोजकत्वमा ५ सदस्यीय सहयोग सम्पर्क समिति गठन गरेको छ । समितिको सदस्यहरुमा संघका उपाध्यक्ष रीता गुरुङ, सल्लाहकार डासुराम पराजुली,  सदस्य संस्थाका तर्फबाट बिनय शाह र मिडियाबाट कृष्णराज लाओति रहेका छन् । त्यस्तै शोकसभासम्म खुल्ला रहने गरि शोक पुस्तिका राखिएको छ, उक्त शोक पुस्तिकामा इच्छाहुने जोकोही नेपालीले हस्तक्षार गर्न सक्ने गरि महासंघको कार्यलयमा खुल्ला राखेको छ । १२ जनवीरी साँझ महासंघको १४ औं बार्षिक उत्सव कार्यक्रमको लागि संघकै कार्यलयमा जानकारी सभा सम्पन्न गरी अबेर घर फर्केका बोगटी खाना खाएर करीब विहानको २ बजेतिर कम्प्युटर चलाउँदै गरेको बेला आकस्मात विरामी परेका र उपचारका लागि अस्पताल लागिएको र अस्पतालमा डाक्टर देखाउँदा डाक्टरले मृत घोषित गरेको कुरा परिवार सुत्रले बताएको छ । मृत्युको खास कारण पोष्टमार्टमको रिपोर्ट पछि मात्र थाहा हुनेछ । म्याग्दी जिल्लाको वडा नं. १ रत्नेचौर गाविसमा बुबा ओम बहादुर बोगटी र आमा गंगा बोगटीको कान्छा छोराको रुपमा सन् १९७७ जुुन १३ मा लोकेस बोगटी जन्मेका हुन् । म्याग्दी बहुमुखी क्याम्पसबाट व्यवस्थापनमा प्रविणता प्रमाणपत्र तह उतिर्ण गरेका बोगटी १९९६ साल मा हङकङमा आएका थिए । सामाजिक संघ संस्थामा बसेर समाज सेवा गर्न रुचाउने उनि हाल नेपाली महासंघ हङकङको आठौं अधिवेशनबाट महा सचिव पदमा निर्विरोध निर्वाचित भएर आफ्नो पदभार समाल्दै आएका थिए । यस बाहेक उनि मोना हङकङ र नेप्लिज आर्ट एण्ड कल्चर एसोसियसन हङकङमा सचिव पदभार समालेर कार्य गर्दै आएका थिए । उनका १ जना दाजु २ जना दिदी छन् । बाबु ओम बहादुर बोगटीको बि.सं. २०५२ सालमा देहवसान भएको थियो । हाल ३५ बर्ष पुगेका उनको विवाह डेढ बर्ष अघि सुश्री सरस्वती खड्का (बोगटी) सँग भएको थियो । हाल उनकी श्रीमति र आमा गंगा बोगटी हङकङमा रहेका छन् । पारिवारीक श्रोतका अनुसार उनले आफ्ना स्वर्गीय पिताको समर्पणमा आफ्नो रचना समेटेर एउटा गीति एल्बम निकाल्ने तरखरमा थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %