पत्रकारका हत्यारालाई कारबाही गर्न माग गर्दै प्रशासनमा धर्ना

Read Time:2 Minute, 43 Second

 दीपा आले

 नेपालगन्ज पुस २९, दैलेखका पत्रकार डेकेन्द्र थापाका हत्यारालाई कारबाहीको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिइएको छ । नेपाल प्रेस युनियन बाँके शाखाको आयोजानामा दिउसो करिव १ घण्टा प्रशासनको मुलगेटमा धर्ना दिईएको हो । धर्नामा बिभिन्न संचार संस्थामा कार्यरत पत्रकार, मानव अधिकारकर्मी, कानुन व्यवसासी, काँग्रेस, एमाले, तमलोपा लगायत दलका प्रतिनिधी, व्यापारीको सहभागिता रहेको थियो । धर्नापछि बिरोध कार्यक्रमलाई सम्बोधन गर्ने अधिकांस बक्ताले पत्रकार थापाको हत्यामा संलग्न व्यक्तिहरु किटान भैसकेको अवस्थामा पनि प्रधानमन्त्री बाबुराम भट्टराई र महान्यायधिवक्ता मुक्ती प्रधानले हस्तक्षेप गर्नुले दण्डहिनता बढाउने धारणा राखे । मुलुकमा बिधिको शासन कायम गर्नुपर्ने माग गर्दै धर्नामा सहभागिले सरकारले लोकतान्त्रिक मुल्य र मान्यता गुमाई सकेको ठोकुवा गरे । प्रधानमन्त्रीले नै अपराधी जोगाउन खोज्दा नागरिकहरुले न्याय पाउनेमा शंका उत्पन्न हुने उनीहरुले बताए । पत्रकार थापाको हत्या अनुसन्धानलाई हस्तक्षेप गर्ने प्रधानमन्त्री र महान्यायधिवक्ता बिरुद्ध मुद्धा दायर गर्नुपर्ने बक्ताहरुको सुझाव छ । सो अवसरमा अधिवक्ता प्रहलाद बहादुर कार्की, शान्ति समिति बाँकेका संयोजक नरहरी नाथ योगी, पत्रकार महासंघ बाँकेका सचिव राकेश कुमार मिश्र, प्रेस चौतारीकी केन्द्रिय कोषाध्यक्ष अक्षरी पोख्रेल, एमाले उप–सचिव रत्न खत्री, काँग्रेस नगर सभापति प्रशान्त बिष्ट, नेपालगन्ज उद्योग व्यापार संघका अध्यक्ष शुनिल कुमार शर्मा, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधी रमेश थापा र प्रेस युनियन बाँकेका अध्यक्ष नरेन्द्र थापाले बोल्नु भएको थियो ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %