२५ लाख लोन लिने बिषयमा बिबाद हुदा दाजुको हत्या , हत्याका सेनाका सिपाही संलग्न

Read Time:5 Minute, 0 Second

देब पचभैया पाल्पा, पौष २९

२५ लाख लोन लिने बिषयमा बिबाद हुदा तानसेन, ११ पाल्पाका २५ बर्षिय सुदीप कोईरालाको आफ्नै भाई २३ बर्षिय सुजनको योजनामा हत्या भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले आज बिहान हत्यामा संलग्न ३ जनालाई सार्बजनिक गर्दे दाजुको नाउमा २५ लाख लोन लिने बिषयमा बिबाद हुदा भाईकै योजनामा दाजुको हत्या भएको जानकारी दिएको छ । सुदिप कोईलाको गत २३ गते राती ९ बजे आफ्नै घरमा हत्या भएको थियो । उनको शब  हिजो मात्रै सिद्धार्थ राजमार्गको चर्चरे र केराबारीको बिचमा पर्ने भिरमा फालिएको अबस्थामा फेला परेको थियो । सुदिप कोईरालाको हत्यामा नेपाली सेनाका बहालवाला सिपाही पछि छन् । सुदिपका भाई सुजनले २ लाख दिने शर्तमा उनलाई दाई मार्न लगाएको प्रहरीले जानकारी दिएको छ । हत्यामा संलग्न दैलेख चौराह गाबिस वडा नं २ बस्ने बर्ष २८ का कालु चन्द नेपाली सेनाका बहालवाला सिपाही रहेको प्रहरीले जानकारी दिएको हो । तर उनी कार्यरत स्थान भने प्रहरीले  बताएको छैन । हत्याराहरुले प्रयोग गरेको ट्याक्सी चालक सपही गाबिस ८ बाराका ३२ बर्षिय त्रेता चौधरीलाई पनि प्रहरीले शार्बजनिक गरेको छ । उनलाई सुदिप र कालु चन्दले बुटवल बाट पाल्पामा पार्टी खान जानु छ भन्दै ३५ सयमा गाडी रिर्जब गरी पाल्पा ल्याएका थिए । बुटवलमा पसल गरी बस्ने सुजन संग सेनाका सिपाही कालु चन्दको भेटघाट र परिचय भएको बताईएको छ  । आफ्नो दाजु सुदिपलाई मारे पसलमा पनि सेय दिने र २ लाखमा थप १ लाख थपिदिने सहमतिमा कालु चन्द सुदिपको हत्या गर्न सहमत भएका थिए ।  सुदिपलाई हत्या गर्नु भन्दा पहिले पनि कालुचन्द मोटरसाईकल लिएर उनको घरमा आएका थिए । प्रहरीले उनले प्रयोग गरेको मोटरसाईकल पनि पक्राउ गरेको छ । तर त्यसदिन असफल भएपछि सुदिपको भाई सुजन र उनी फेरी २३ गते ट्याक्सी रिर्जब गरेर पाल्पा आएका थिए । प्रहरीले दिएको जानकारी अनुसार २३ गते साझ ९ बजे घरमा आएका सुजनले नै दाई लाई ३ पटक सुदिप भनेर बोलाएको र सुदिपले ढोका खोलेर भित्र आउन भनेपछि उनीहरुले उनको घाटी थिचेर  हत्या गरेका थिए । त्यती बेला सुदिप रक्सीको मातमा रहेको बताईएको छ । उनको त्यति बेलै ज्यान गएपनि कालु चन्दले सास बाकी रहेको भन्दै सुदिपको घाटीमा चक्कु हानेका थिए । सुदिपको हत्या पछि उनीहरुले ट्याक्सीमा राखेर लासलाई बिस्तारामै पोको पारेर कालो पलास्टीकले छोपेर बोरामा बाधी बुटवल पाल्पाको सडक खण्ड केराबारी र चर्चरेको बिचमा पर्ने भिर  बाट फालिदिएका थिए । प्रहरीका अनुसार घरायसी बिबादकै बिचमा सुजन कोईरालाले २ महिना बिहे गरेका थिए । सिद्धार्थ रागमार्गको प्रभासदेखि तीन किलोमिटर टाढा रहेको उनको घर नजिकै चौरमा उनी हराएको पछिल्लो  दिन रगतको धब्बासमेत भेटिएको थियो । सुदिपको बाबु आमाले आफुहरु सुतेको बेला मध्यरातमा बाहिर बाट सुदिप भन्दै कसैले बोलाएको र सुदिप कोठा बाट निश्किएको बताउनुभएको थियो । साथीहरुले बोलाएका होलान भन्दै आफुहरुले वास्ता नगरेको उनीहरुले बताएका थिए । हत्यामा संलग्न सुजनले आफ्नो दाईको अपहरण भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा आएर जाहेरी समेत दिएका थिए ।  सुजन र जेठा दाजु बुटवलमा व्यापार व्यवसाय गरि बस्ने र हत्या भएका सुदीप बिदेशमा जाने आउने गरेका थिए । सुदिप यही पौष महिनामा दुबै जाने तयारीमा थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %