निर्वाचन आयोगको निर्णय जनमोचालाई अमान्य

Read Time:1 Minute, 44 Second

    काठमाडाँै, २० कात्तिक 

जनमोर्चा नेपालले फोटोसहितको मतदाता नामावली तयार गर्न नागरिकताको प्रमाणपत्रलाई अनिवार्य आधार बनाउँदै आएकोमा त्यसबाहेक अन्य परिचयपत्र र स्थानीय निकायको सिफारिसका आधारमा पनि मतदाता नामावली तयार गर्ने भनी निर्वाचन आयोगले गरेको निर्णयप्रति आपत्ति जनाएको छ ।

    मोर्चाले निर्वाचनमा नेपाली नागरिकले मात्र मतदान गर्न पाउने र नागरिकताको विकल्पमा अन्य कुनै निकायले कुनै प्रमाण जारी नगरेकाले गैरनेपालीको हातमा मतदानको अधिकार पुग्न जाने सम्भावना रहेको उल्लेख गरेको छ ।

    हाल सङ्कलन भइरहेको मतदाता नामावलीबाट राष्ट्रिय परिचयपत्र र नागरिकतासमेत बन्नसक्ने भएकाले आयोगको उक्त निर्णय राष्ट्रका लागि आत्मघाती पनि रहेको भन्दै मोर्चाले उक्त निर्णय खारेज गरेर सच्याउन आयोगसमक्ष आग्रह गरेको छ ।

    साथै मोर्चाले संविधानसभाको निर्वाचन प्रयोजनका लागि भनी २०६३ सालदेखि वितरित नागरिकता विदेशीहरूले समेत लिएको हुनसक्ने गुनासो आइरहेकोले सरकारले तत्काल त्यस्ता विवादित नागरिकता छानबिन गर्नेगरी सर्वाधिकार सम्पन्न आयोग गठन गरी छानबिन गर्न आग्रहसमेत गरेको छ ।
रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %