हंगकंग, ६ जनवरी, मञ्च सम्वद्ध संघीय लिम्वुवान राज्य परिषद प्रवास कार्य समिति हंगकंगको आयोजनामा संघीय धर्म निरपक्षेता गणतन्त्र नेपालमा ऐतिहासिक पृष्ठ भूमिको आधारमा अरुण सप्तकोषी पूर्व नौं जिल्ला लिम्वुवान आन्दोलन बारे अन्र्तक्रिया कार्यक्रम याउ मा तेइमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा मञ्च सम्वद्ध संघीय लिम्ववान राज्य परिषदका केन्दिय अध्यक्ष कुमार लिङदेन मिराकले लिम्वुवानले देश नटुक्रिने बताए । बरु हामीले राष्ट्रिय झण्डा र लिम्वुवानको झण्डाको पहिले नै निर्माण गरी नया नेपाल बनाउन र देश प्रति हाम्रो राष्ट्रियता भावना कति छ भन्ने कुरा देखाइ सकेको बताए । काग्रेस एमाले नै संघियता विरोधी भएको आरोप लगाउदै उनीहरुको कारणले गर्दा नै संबिधान सभाको हत्या भएको बताए । यसमा प्रचण्ड पनि दोषी भएको र तत्कालिन सभामुख सवास चन्द्र नेम्वाङ झन दोषी भएको बताए । संविधान सभाको हत्या भए पनि आदिवासी जनजाति र लिम्वुवानीहरु निराष नभएको र यसले अब झन उत्साह थपेको बताउदै प्रभासमा रहेकाहरुले पनि निराष हुनु पर्ने स्थिति नरहेको बताए । जनमुक्ति पार्टीबाट चुनाव समेत लडेका लिङदेनले अहिले लिम्वुवानको नेतृत्व गरीरहेका छन ।
अध्यक्ष विष्णु इङनामको अध्यक्षतामा हरीष चन्द्र लावतीले स्वागत मन्तब्य दिएका थिए । सचिब धर्म लिम्वुको सञ्चालनमा नवप्रबेशीहरुलाई प्रमुख अतिथिले अविर लगाइ दिएका थिए ।
लिम्वुवानले देश टुक्रदैन : लिङदेन
Read Time:2 Minute, 13 Second