मुलुक कतातिर ?

Read Time:14 Minute, 55 Second

 अमरदिप मोक्तान

वर्तमान नेपाल शून्य स्थितिमा विद्यमान छ । क्रमिक रुपमा भईरहेका विभिन्न घटनाक्रमहरुले देश गम्भीर संकट तर्फ उन्मूख हुँदै गई रहेका संकेत दिन्छ । वुधवार १८ गते विवादस्पद एस.एस.पी रण वाहादुर चन्दलाई काठमाण्डौं महानगर प्रमुख नियुक्तिको विषय गम्भीर षढयन्त्रको रुपमा लिन जरुरी छ । प्रहरी महानिरिक्षक कुवेर सिह रानाको घोर असहमतीका वावजुद प्रधानमंत्रि वावूराम भट्टराई र गृहमंत्री गच्छेदारद्धारा विवादस्पद एस.एस.मी रण वहादुर चन्दलाई नै किन रोजीयो ? नेपालको वर्तमान संवेदनशीलताको समेत मनन नगरी नेपालको मुटु काठमाण्डौंमा प्रहरी प्रमुख रण वहादुर चन्द भन्दा धेरै सक्षम एस.एस.पी हुँदा हुँदै अवसर प्रदान नगर्नु यो नियूक्ति कसैको हित र इशारामा भएको तर्फ इंगित गर्दछ । स्मरण रहोस काठमाण्डौंको अति व्यस्त एवं संवेदनशील तथा सुरक्षा व्यवस्थाले घेरीएको लाजिम्पाटमा स्पेश टाइमका मालिक जमीम शाहको दिन दहाडें जघन्यरुपमा हत्या हुँदा रण वहादुर चन्द तत्कालिन काठमाण्डौं महानगर प्रहरी अपराध अनुसन्धान शाखा प्रमुख थिए । जमीम शाह हत्याकाण्ड प्रकरणको रहस्यमय कुरा के छ भने सार्वजनिक भएका हत्याराका नाम मध्येमा नेपाल प्रहरीका कार्यरत डि.एस.पी जगदीश चन्दको पनि संलग्नता देखिएको थियो । जमिम शाह हत्या काण्डका मतियार मध्येका एक डि.एस.पी चन्दले जमीम शाह हत्यालाई अन्जाम दिन प्रमुख भुमिका निर्वाह गरेका थिए । जमिम शाह हत्याकाण्ड पश्चात जगदिश चन्द समेतका हत्याराहरु सजिलैका साथ नेपालको सुरक्षा व्यवस्थाको खिल्लि उदाउँदै फरार भएँ । डि.एस.पी चन्द फरार हुनुमा सहयोग पुर्याउन प्रहरी भित्रबाटै सुचनाको चुहावट भएकै कारण सम्भव भएको भन्ने कुरा तत्कालिन उपत्यका ए.आइ.जी मदन खड्काद्धारा जमीम शाह हत्या काण्डको जाचँ गर्न गठित जाचँबुझ समितिमा दिएको बयानले नेपाल प्रहरीको आवरणमा ठूला शक्ति र अन्डरवल्र्डको इशारा कार्य गर्ने प्रहरी तर्फ इंगित गरीएको छ । डि.एस.पी जगदीश चन्दलाई नेपाल वाहिर भाग्नमा सहयोग गर्ने को हुन त्यस्ता प्रहरीको नाम सार्वजनिक गर्न नसक्नु तथा त्यस्ता प्रहरीहरुलाई कानूनको कठघरामा किन उभ्याउन सकीएन इत्यादी प्रश्नले नेपाल प्रहरीद्धारा नेपाली जनतालाई सुरक्षा दिने सक्ने कुरामा गम्भीर प्रश्न उठ्नु स्वभाविक हो । नेपालमा क्रमिक रुपले यस्ता गम्भीर धेरै घटनाहरु घटेका छन जहाँ नेपाल प्रहरी निरिह अवस्थामा देखीएको छ किन ? २०६२-६३ को जनआन्दोलन, राजतन्त्रको अवसान पश्चात नेपाली जनताद्धारा न सोचिएका कुरा आशचर्य जनक घटनाहरु तिव्र गतिमा घटी रहेका छन् र आउने दिनहरुमा भयंकर घटनाहरु हुन सक्ने सम्भावनलाई नकार्न सकिन्न । कपीलवस्तु नरसहाँर, गौर हत्याकाण्ड, तराईमा पहाडी खेदाओ अभियान, नेपालगंज दगां, नेपाली नागरीक जमिम शाह फैयान अहमदको हत्या तथा युनुश अन्सारीको कारागार भित्र बाह्य पक्षबाट भएको आक्रमणले नेपाली सुरक्षा व्यवस्थाको फितलोपनको पोल खुलेको छ । कपीलवस्तु र गौर हत्याकाण्डको जाँच बुझ समीतीद्धारा हालसम्म जाँचबुझको प्रतिवेदन सार्वजनिक गर्न नसक्नु, जाँच बुझ समीतिलाई प्रतिवेदन सार्वजनिक गर्न कस्ले रोक्यो र कीन यस्को रहस्योद्घाटन हुन अत्यन्त जरुरी छ । नागरिकता ऐन संसोधन पश्चात २०६३ सालको नागरीकता टोलीद्धारा तराईको १९ जिल्लामा १९ लाख १३ हजार १ सय ५५ नागरिकता विवरण गरिएको छ नागरिकता प्राप्त गर्ने मध्ये अधिकांश गैर नेपाली अर्थात भारतीय द्धारा नागरिकता टोलीलाई घम्कयाइ नागरीकता प्राप्त गरीएको समाचारले भविष्यमा नेपाल कुन स्थितीमा पुग्ने हो सजिलै अनुमान गर्न सकिन्छ । आज भोली त्यस्ता प्रकारका अवैध नागरिकता प्राप्त नागरिक तराईका कींगकेगर बाहुवली र भूमीपुत्र वन्न पुगेका छन्, नागरिकता प्राप्तीका लागी मधेसवादीद्धारा मूसहर डोम, चमार इत्यादीको कुरा उठाएता पनि ती उत्पीडित नागरीकहरु आज पनि नागरीकता विहीन अवस्थामा छन् । नागरीगताको प्रसङ्ग हमेशा जिवित रहने र राख्ने मधेसवादि राजनितीको ब्रह्मास्थ कुनै ठुलो षड्यन्त्रको योजनातर्फ संकेत गर्दछ । झलनाथ खनालको राजीनामा पश्चात प्रधानमंत्रीको निमीत्त लगभग १२ पटक सम्म प्रचण्ड र रामचन्द्र पौडेल प्रतिस्पर्धामा मधेसवादी दलको वहिस्कारका कारणले प्रधानमंत्रि चयन नहुनु सक्नु । एमाओवादी पार्टीका वैद्य खेमाको घोर विरोध भएता पनि प्रचण्डद्धारा कसैको इशारामा वावुरामको नाम प्रधानमंत्रीमा प्रस्तावित गर्नु तथा प्रचण्ड र एमाओवादिसंग कहिले पनि नितीगत सहमति र सहकार्य हुन नसक्ने भनी डंका पिट्ने मधेसवादि पार्टीले यु टर्न लिदै थोक भाउमा बाबुराम पक्षमा मतदान गरेर प्रधानमन्त्री पदमा शोभायमान वनाउनु कम रहस्यमय छैन । याद रहोस् वावूराम प्रधानमंत्रि हुनु भन्दा दुई दिन अघी मात्रै भारतिय राजदूतको रुपमा डा. जयन्त प्रसादले नेपाल स्थित भारतीय राजदुतका पद सम्हालेका थिए । प्रधानमन्त्रीको रुपमा बाबुराम भट्टराईद्धारा प्रथम भारत भ्रमणको क्रममा एजेण्डा र गृहकार्य समेत नगरीएका विप्पा सम्झौता गर्नु र मैले देश हितका खातिर जुवा खेलेको हुँ भनी अव्यहारीक अभिव्यक्ति दिने जस्ता कार्यले वावुरामद्धारा देशलाई कुन दिशा तर्फ लान खोज्दै छन् भन्ने विषयमा नेपाली जनताले गम्भीर भएर सोच्न जरुरी देखिएको छ । एकातर्फ बाबुराम सरकारद्धारा बीना एजेन्डा र गृहकार्य भारतसंग विप्पा सम्झौता गरीयो भने चीनसंग विप्पा सम्झौता गर्नका लागि गृह कार्य गरीदै उद्योग मन्त्री अनिल झाद्धारा व्यक्त गरीएको समाचारले बाबुराम नेतृत्वको सरकारको दोहोरो चरीत्र उजागर भएको छ । वावुरामको नेतृत्वले निर्भयका साथ मनोमानी ढंगले विवादास्पद निर्णय एवं नियुक्ति गरी रहेका छन् त्यसले देशमा गम्भीर संकट पर्ने संकेत देखिन्छ । संविधान सभाद्धारा लगभग ८०% संविधान लेखन कार्य सम्पन्न भएको कुरा संविधान सभाको पटलमा समेत पेश नगरी अन्तिम समयमा विकल्प हुदाँ हुँदै एक झट्कामा संवीधान सभाका मूख्य हत्यारा वावुराम नै हुन् भन्ने कुरा इतिहासमा दर्ज गराउन किन तत्पर भए बाबुराम ? अनुहारमा सरलता वोलीमा गाँउले भाषाको प्रयोग गर्ने वावुराम क्रमशः निरंकुशता तर्फ उन्मुख भई रहेका छन् । एमाओवादी पार्टीको आउने महाअधिवेशनमा सम्भवतः प्रचण्ड खेमाले निराशा वेहोरनु पर्ने तथा वावुराम एमाओवादीमा हावि हुने प्रबल हुने सम्भावना देखिन्छ । जून प्रकारले धेरै कसरत र उलट फेर र नाटकीय अन्दाजमा वावुराम भट्टराइद्धारा प्रधानमन्त्री पद प्राप्त गरे त्यस्तै प्रकारले भारतिय लोकसभा सदस्य कलिकेश नारायण सिं देवका ससुरा गौरव शमशेर वरीष्ठ नेपाल भूषण चन्दलाई पछाडि पार्दे प्रधान सेनापती वनेका छन् । प्रसङ्ग पुनः हाल नियुक्त काठमाण्डौ प्रहरी प्रमुखमा चयन गरिएका रणवहादुर चन्दको सन्दर्भ तर्फ फर्कदा काठमाण्डौंमा शान्ती सुरक्षाको वहाली हुने हो वा राणाद्धारा राज्य कब्जा गर्न कोतपर्व हत्याकाण्ड जस्तै घटना दोहोरर्याउन रण वाहादुर चन्दलाई मोहराको रुपमा प्रधानमन्त्री बाबुराम भट्टराइ तथा गृहमन्त्री गच्छदारद्धारा कसैको इशारामा नियुक्त गरेका त होइनन् भन्ने कुराले नेपाली जनता गम्भीर रुपमा ससंकित भएका छन् । नेपालको वर्तमान स्थिती र तेजीले दु्रत गतीमा घटीरहेका रहस्यमय र अनौठो घटनाले नेपाल कही चक्रव्युहको जालोमा फस्दै गइ रहेको छैन ? संविधानसभाको निर्मम हत्या गर्ने राजनैतिक पार्टिहरुलाई पुनः संविधान निर्माण हेतु संविधान सभाको चुनावका लागि सहमतीको सरकार बनाउन राष्ट्रपतीद्धारा गरीएको आह्वानमा पनि षड्यन्त्रको आभाष हुन्छ । सहमतीको सरकार बनाउन गरीएको आह्वानको समय सीमा निर्धारण गरीएता पनि तोकिएको समयमा सहमती नभए राष्ट्रपतीद्धारा अन्य विकल्प दिन सक्ने कुरा उल्लेख नहुनुका कारण संविधान सभाको म्याद थपेको थपे जस्तै राष्ट्रपतीद्धारा सहमतीय सरकार बनाउन गरीएको आह्वान म्याद थपको नाटकमा परीणत भएको छ । अद्भुत कुरा के छ भने आह्वानको नाटक मञ्चन गर्ने राष्ट्रपती नाटक चलिरहेको अवधिमा भारत भ्रमण जान बाल हठ देखाउदै भारत भ्रमणमा जान आतुर भए, भ्रमणमा नजान भनी धेरै आग्रह समेतको वास्ता नगरी नाटकलाई लथालिंग छाडि राष्ट्रपती भ्रमणमा गएर नै छाडे । राष्ट्रपती रामबरण यादव नेपालको गम्भीर भयावह स्थितीमा भ्रमणमा जान किन आतुर भए, जानुको उद्देश्य दुई देशबीच पारपरीक सम्बन्ध एवं सहयोगको वातावरण निर्माण गर्नु थियो वा भारतको कुनै प्रान्तको राज्यपालले केन्द्रमा राज्यको रिर्पोट बुझाउने एवं निर्देशन प्राप्त गर्ने जस्ता गरीएको कार्यले राष्ट्रपती रामवरण यादव पनि नेपाली जनमानसको शंकाको घेरामा परेका छन् । नेपाली जनताले असफल नेताहरुद्धारा पुनः संविधान प्राप्त गर्ने छन् भन्ने कुराको पुष्टि गर्ने आधार के ? नेपाली जनताले कहीले सम्म सविधान प्राप्त गर्ने, नेपाली जनता संविधान विना कहीले सम्म रहनु पर्ने हो ? के नेपाली जनताले आगामी दिनहरुमा नेपाली संविधान नभई अर्काको संविधान मान्नु पर्ने हो की यावत प्रश्नका थुप्रोले नेपाली जनतामा असमंजस जन्माएको छ । नेपाल संविधान विनाको देशको रुपमा कोमामा कहिले सम्म नेपाल वाचिरहन्छ वा मृत्युवरण गरी अर्को चोला ग्रहण गर्छ भन्ने विषय रहस्यको गर्भमा लुकेको भएतापनि संकेत अनिष्टकारी छन् । केही दिन पश्चात सवैधानिकका निकाय खाली हुँदैछन् त्यसको पदपूर्ती तर्फ ध्यान नदिनु देशलाई गम्भीर संकटको भुमरीमा पार्ने षडयन्त्र अनुसार भइरहेको त होइन ? संकटग्रत नेपाललाई सार्वभौम राख्ने जिम्मा अब राष्ट्रभक्त नेपालीको हातमा छ, देश गम्भीर संकटमा क्रमशः फस्दै गई रहेको कडीको रुपमा घटी रहेको विभिन्न घटनाक्रम लाई चनाखोका साथ हेर्न जरुरी देखीन्छ । नेपाललाई संकटको भुमरीबाट नेपाली जनता जागरणको ताण्डव नृत्यले मात्रै राष्ट्रिय अन्तराष्ट्रिय षडयन्त्रको चक्रव्युह तोड्न सकीन्छ । तसर्थ राष्ट्र जोगाउन राष्ट्रभक्त जनता जाँगौ, देश गम्भीर संकटमा फसेको छ ?

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %