सहमतीय सरकारको नाटक मञ्चन

Read Time:1 Minute, 56 Second

राष्ट्रपति यादवले दिइएको समय सीमाको छैटेों पटक पनि दलहरुले सहमतीय सरकार गठन गर्न सेकनन् । पटक –पटक दिएको समय सीमा व्यर्थमा गुजारिहेका प्रमुख दलहरु अझ पनि सहमतीय सरकार गठनका लागि थप समय राष्ट्रपति समक्ष माग गरेका छन् । तर सहमतिका लागि भन्दै दलहरुले एक महिना भन्दा लामो समय व्यथैमा विताइसकेका छन् । दलहरु बीच सहमति हुने संभावना क्षीण बन्दै गएको छ । माओवादीले नयाँ नयाँ अडान र मुद्धा तेस्याउँदै  लैजादाँ सहमतिका लागि ऊ तगारो बन्न पुगेको छ ।
यता शनिवार दलहरु राष्ट्रपति यादव समक्ष थप समय माग गर्नका लागि जाने बुझिएको छ ।  सहमतीय सरकार गठनका लागि पटक– पटक दलहरुलाई समय सीमा राष्ट्रपति यादवले दिए पनि सहमति जुटाउँन दलहरु बीच पातलो छलफल मात्रै हुने गरेको छ ।  सहमतिका लागि दिएको समयमा समेत दलहरु तातिन छाडेका छन् । सहमतिका लागि राष्ट्रपतिले समय सीमा थप्ने र दलहरु सहमतिका लागि छलफलमा जुटे जस्तो गर्ने कामले राष्ट्रपतिले दिएको समय सीमामा समेत ठोस उपलब्धी हासिल हुन सकेको छैन । दलहरु र्नै नतातिकन राष्ट्रपतिले समय सीमा थप गदैमा सहमतीय सरकार गठन हुन नसक्ने लख कतिपय विश्लेषकहरुले गर्न थालिसकेका छन् । दलहरु  सहमतिक जुटाउँन विलम्ब गरिरहदा आम जनताले ‘सहमति’ शब्द सुन्न समेत दिक्क मान्न थालिसकेका छन् । तर दलहरु बीच सहमतीय सरकार गठनको नाटक मञ्चन भने भैरहेको छ ।
राज्यसत्ता नेपाल व्युरो

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %