इटहरी, २० कातिक
पाँचथर जिल्लाको सदरमुकाम फिदिममा गए राति जुवा खेलिसकेपछि पैसा लेनदेनको विषयमा विवाद भई छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
राती साढे १२ बजेको समयमा फिदिमका तार्के भनिने प्रेमजङ्ग केरुङको छुरा प्रहारबाट पाँचथर रानीटारका २० वर्षीय सन्तोष गुरुङको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी समाचार
कक्षले जनाएको छ ।
साँझदेखि जुवा खेलेका युवकहरुवीच जुवा खेलिसकेपछि भएको विवादका क्रममा केरुङले प्रहार गरेको छुराका कारण उनको मृत्यु भएको थियो । यसैगरी केरुङको छुरा प्रहारवाट अर्का स्थानीय युवक कुलवहादुर लिङ्देन गम्भीर घाईते भएका छन् ।
घाइते लिङ्देनको जिल्ला अस्पताल पाँचथरमा उपचार भई रहेको । छुरा प्रहार गर्ने केरुङलाई प्रहरीले नियन्त्रणमा लिएको पनि प्रहरीको भनाइ रहेको छ । रासस