बेलायत सम्बादाता:जनवरी ०१,२०१३ रेडिङ, नयाँ बर्षको शुभारम्भसँगै बेलायतको रेडिङ शहरमा दि हिमालयन अर्गनाइजेसन यु केले एक शुभकामना आदान प्रदान कार्यक्रम्का बिच यम बहादुर लिम्बु को अध्यक्षतामा २१ सदिस्य कार्य समिती गठन गरेको छ । उक्त संस्थाले बेलायत भरी छरिएर रहेका नेपाली हरुलाई समेट्ने उदेस्यका साथ संगठन विस्तारलाई तिव्र रुपले अगाडि बढाएको छ । जस अनुरुप नयाँ बर्षको उमङसङै जनवरी १ का दिन द फर्गटन गोर्खाज क्लबमा भेला भई रेडिङ शाखा गठन गरिएको छ ।
दि हिमालयन अर्गनाइजेसन यु केका अध्यक्ष भरत थापाको अध्यक्षतामा सन्चालित उक्त कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय जनमुक्ती पार्टिका पुर्व आर्थिक बिभाक पर्मुख तथा सल्लाहाकार केहरसिङ् राना ज्यु रहेका रहनु भएको थियो भने कार्यक्रम्को सन्चालन सचिव नारायण किशोर पुनले गर्नु भएको थियो ।
संस्थाका सदस्य टन्क मगर को स्वागत भाषण सँगै सुरु गरिएको उक्त कार्यक्रम बिभिन्न संघसंस्था बाट पाल्नु भएका प्रतिनिधिहरुले आ(आफ्नो मन्तव्य राख्नु भएको थियो । मन्तव्य राख्ने क्रममा संस्थाका सहसचिव पदम गाहाले नेपालमा सबै भन्दा उत्तम र नेपाली माटो सुहाउदो राष्ट्रनिर्माणको एजेन्डा राष्ट्रिय जनमुक्ती पार्टी सँग मात्र रहेको दावी गर्नु भयो ,सङ्घीयता,स्वयात्तता , जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वो र आरक्षण,धर्मनिरपेक्षता जस्ता मुद्दा हरु राष्ट्रिय जनमुक्तिले बोक्दै आइरहेपनी अवसरवादीहरुले जातिवादी ,बिखन्डनकारी जस्ता अनगिन्ती आक्षेप लगाउदै जनतालाई भ्रम फैलाई रहेको पनि आरोप लागाउनु ।हिजो जनमुक्ती माथि आरोप थुपार्ने हरु आज जनमुक्तिकै सिदान्तलाई अङालेर सत्तामा जान धेरै दल नेताहरु तछाड मछाड गरी रहेको तर जनमुक्क्तिलाई भने साम्प्रदायिक्ता को विल्ला भिराइदिएकाले जनताहरु अलमल परेको बताउनु भयो । जाती उत्थान्को नारा बोकेर लाखौं आदिवासी जनजाती ,मधेसी ,दलित गरिव निमुखा जनतालाई झुठो आश्वासअन बादी लाखौं जनताको ज्यान लियी ,हाजारौलाई अपाङ्ग ,घरबार बिहिन पारी आहिले सत्तामा पुगे पछी माओवादीले नत ति गरिव निमुखाको लागि संबिधान नै दियो नत ति आदिवासी दलित्को अधिकार नै स्थापित गर्योत । त्यसैले यस्ता शोषक र जनतालाई ठग्ने हरुको अत्याचार अब हामीले टुलु टुलु हेरेर बस्न नसक्ने बताउदै को आफ्नो रक्षक हो र को आफ्नो भक्षक हो थम्माई सके पछी जनताले कस्लाई साथ दिने पर्ने हो सच्चा हिर्दयले साथ दिनु पर्ने आवहाँन गर्नु भयो । बिशेष गरी आदिवासी जनजाति, दलित ,मधेसी माथि जातपात को नाममा भेदभाव छुवाछुत गर्ने ,एक धर्म हिन्दू लाई मात्रा सबैले मान्नु पर्ने ,हिन्दू धर्म आधारित कानुन गौ हत्या जस्ता मा जेल जानु पर्ने ,बाहुनले जस्तो सुकै ठुलो अपराध गरे पनि आम माफि पाउने जस्ता असमान कानुन सुनियोजित रुपमा एकल जातलाई मात्र बचाउने षड्यन्त्र हिजो देखी आज सम्म रही आएकोले अब अदिवासी जनजाती ,दलित ,मुस्लिम ,मधेसी ,जातिय ,धार्मिक ,वर्गिय विवेधमा परेका हरुले राष्ट्रिय जनमुक्तिलाई साथ नदिए कहिले मुक्ती नपाउने जिकिर गर्नु भयो । त्यस्तै उक्त संस्थाकी सल्लाहकार तथा राष्ट्रिय महिला मोर्चाकी पुर्व केन्द्रिय उपाध्यक्ष कमला थापाले हिन्दू धर्म र एक जातिय ब्राह्माणबाद बाट माथि उठ्न नसकेका पार्टी हरुबाट महिलाको अधिकार सुनिश्चित हुन नसक्ने बताउदै राष्ट्रिय जनमुक्ती पार्टी मात्रा सम्पूर्ण विवेधको अन्तको विकल्प रहेको जिकिर गर्नु भयो ।
उक्त कार्यक्रममा यु बि जि एन का अध्यक्ष ज्ञानराज राइले अहिले हरेक पार्टिको मुख्मा झुन्दिएको चाहे माओवादी होस् वा काङ्रेस चाँहे एमाले होस् वा मधेस्बादी दल वा भर्खरै जन्मेका नयाँ दल हरु सबैले राष्ट्रिय जनमुक्तिको सिदान्त जातिय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्वो ,संघियता आदी स्विकारी त्यही सिदान्त जनताको सामु राख्ने गरे पनि राष्ट्रिय जनमुक्ती ले पहिले प्रतिपादन गरेको भन्न नसकेको बताउनु भयो । गोर्खालीहरुको आन्दोलनमा त्यती लामो संघर्श गर्दा पनि केही उपलब्धी ,उचित न्याय नपाउनु नेपाल सासक एक जातिय ,एक धर्मको दबदबाले गर्दा हाम्रो कुरा हरु बेलायत समछ नराखिदिनाले भएको बताउदै अब हामीले हार्मो लागि लड्ने बोलिदिने हाम्राइ मान्छे रहेका पार्टिलाई नै सत्तामा पुर्या उनु पर्ने कुरामा जोड दिनु भयो । त्यस्तै राष्ट्रिय परिषद सदस्य तथा युरोप बिभाग प्रमुख थर्क रानाले हामीमा राजनीतिक चेतना आउनु पर्ने औल्याउनु भयो ,यही राजनीतिले नै सत्तामा पुगी जनताको भविस्यको रेखा कोर्ने निती नियम कानुन बन्ने हुनाले अहिले सम्म एकल जातिय ब्रह्मण हरुले मात्र राजनीति गरी अरुलाई राजनीति गर्न हुन्न भन्दै उनी हरु कु( राजनीति गर्दै एकल जातिय कानुन बनाउदै हामीलाई हरेक कुरामा विवेधै विवेध थोपरिदिएपनी कहिले विरोध गर्न नजानेको बताउनु भयो । जताततै विवेधै विवेध गरिएको प्रती औल्यादै हिजो कानुन्मानै जनजातिलाई पढ्न नपाउने ,हलो जोतेर भारी बोकेर खाने लेखी दिये आज पनि त्यही कानुन जिउ का त्यही रहेको बताउनु भयो,विवेध यती सम्मकी खाने कुरामा ,जनावरमा पनि थोपरिदिएको त्यही हिन्दूहरुले माता मान्ने गाइलाई पूजा गर्ने तर गोरुलाई बाउ नमानी चुत्ने अन्या पूर्ण व्यवहाँर देख्दा चकित परेको बताउनु भयो ,धेरै दुध दिने भैंसी चाँही राक्षस अनी थोरै दुध दिने गाई चाँही माता कस्तो अचम्म खसिलाई चाँही काट मार गरी मासु खाने ,कसैले मरेको गाइको मासु खादा जेलमा सद्नु पर्ने अनौठो कानुन नेपालका ब्रह्म।ण बादी हरुले राखेका कारण अब सबैले अधिकारको लागि आवाज बुलन्द गर्नु पर्ने कुरामा जोड दिनु भयो । अहिले आदिवासी जनजतिहरुलाई आफ्नो पुर्खाले दिएको थात थालो छोड्न वाध्य बनाइ बिदेशी बनाउने खेलमा लागि अधिकार बिहिन एन आर एन कार्ड भिराउदै हिंडेको बताउनु भयो जबकी गोर्खालीहरु नेपाल सरकार अङ्रेज र भारत बिच त्रिपक्षिय सन्धी भए पस्चात जसरी भारतीय सैनिक ले भारतमा घरबार जोडी बसे पनि पछी नेपाल फर्किन परे बिना रोकटोक नेपालमा अधिकार को प्रयोग गर्न पाउदछ त्यही प्रकारको नियम बेलायतमा रहेका गोर्खाली र तिनका सन्तानले पाउनु पर्ने कुरामा जोड दिदै यस्मा पटक पटक ध्यान आकर्शन गराउदा पनि कुनै सुनुवाई नहुँदा दुखित बनेको र जब सम्म आदिवासी जनजाती सत्तामा पुग्दैन तब सम्मा हाम्रो आवाज सुन्ने र हाम्रो वोकालात कसैले नगरिदिने प्रस्त्याउनु भयो । त्यसैले दोहोरो नागरिकताको सवालमा राष्ट्रिय जनमुक्ती प्रस्ट रहेको बताउनु भयो ।
त्यस्तै ईन्द्र बहादुर थापाले राजनीतिक चेतना भन्दा सामाजिक चेतना आउनु पर्ने कुरा प्रस्त्याउदै श्री ३ ,श्री ५ फाली सकियो अब श्री ६ को पालो आएको बताउनु भयो । त्यस्तै प्रमुक अतिथी केहर सिङ राना ले अधिकार बाट बन्चित पारीएका आदिवासी जनजाति, दलित मधेसी लाई अधिकार सम्पन्न बनाउनेमा राष्ट्रिय जनमुक्ती पार्टिको विकल्प नभएको बताउदै माओवादीले बोकेको चाइनाको माटो सुहाउदो माओबाद ,रुस्को जस्तो लेनिन वाद वा भारतिय काङ्रेस्को जस्तो सिदान्त बोकेको काङ्रेस लगायतका सिदान्त नेपाली माटोमा बिष सावित भईसकेकोमा नेपाली हावापानी ,बहुल जातिय समाजमा जनमुक्ती विचारधारा अब्बल रहेको ठोकुवा गर्नु भयो भने संस्थाका सलाहकार गंगा देवी राइले राष्ट्रिय जनमुक्ती पार्टी ले २५ बर्ष देखी शान्ती पूर्ण संघर्श गरी यहाँ सम्म आईपुगेको र हिजो जातिय मुक्ती को कुरा गर्दा तर्सिने हरु अहिले यस्लाई प्रमुख मुद्दा बनाई स्वार्थपुर्ती गर्न लालियत रहेको बताउदै हाम्रो माटो ,भुगोल र त्यहा बसोबास गर्ने जनतालाई सुहाउदो खालको भएको ले यि सबै मुद्दाहरु आज राष्ट्रिय मुद्दा बन्न पुगे पनि यि मुद्दाहरुलाई संस्थागत गर्न उत्पीडित जाती ,वर्ग, क्षेत्र , महिला र मुस्लिम लगायत आम नेपाली जनताहरु राष्ट्रिय जनमुक्ती पार्टीको झन्डा मुनी गोल्बन्द हुनु पर्ने कुरामा जोड दिदै अहिले को अवस्थामा आदिवासी जनजातिहरु सबै मिलेर एक धिक्का भएर जाने अवस्थामा च्याउ उम्रे जस्तै पार्टी खोलेर एक अर्काको खुट्टा तानातान गर्दै जानु भनेको उत्पीडित जाती ,वर्ग, क्षेत्र ,महिला र मुस्लिमको लागि दुर्भाग्य हुने कुरामा चिन्ता व्यक्त गर्दै अब एकता विना अरु बिकल्प नभएको बताउनु भयो । नव गथित अध्यक्ष याम बहादुर लिम्बु ज्युले यस् संस्थालाई सशक्त रुपमा लैजानुका साथै रेडिङ शाखाले रेडिङ्का सम्पूर्ण नेपालीहरुलाई राष्ट्रिय जनमुक्ती पार्टिको अभियानमा सरीक गराई यथस्त सहयोग र समर्थन जुट।उन भर्मक्धुर प्रयास गर्ने प्रतिबधता जाहेर गर्नु भयो ।
नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुको नामावली यसप्रकार रहेको छ ।
१, अध्यक्ष – श्री याम बहादुर लिम्बु
२, उपाध्यक्ष – श्री रबिश्वर राई
३, उपाध्यक्ष -श्री हेम थापा
४, उपाध्यक्ष- श्री मती सीता तामाङ्ग (बकिनसेला)
५, सचिब- श्री भक्त रोका
६, सह सचिब- श्री मती भानु बुढाथोकी
७, कोषाध्यक्ष- श्री टिका राम थापा
८, सदस्यहरुमा -श्री मती माईती माया मगर (घिसिङ०)
९, श्री मती- मनमाया सुनुवार
१०, सु श्री- मिङ्गमा लामा (बकिनसेला)
११, सु श्री- पुष्पा सुनुवार
१२, श्री मती- ज्ञानु गुरुङ्ग
१३, श्री मती -जानुका थापा
१४, श्री मती- निर्मला गुरुङ्ग
१५, श्री मती- एकमाया थापा
१६, श्री- लाल बहादुर गुरुङ्ग
१७ श्री मती- कर्ण कुमारी पुन
१८, श्री- केशु राम आले
१९, श्री- शान बाहादुर थकली
सल्लाहकारमा श्री क्याटेन चन्द्र बहादुर पुन श्री चन्द्र बुढाथोकी श्री राम गलामी श्री डा० चजिन्द्र राना श्री ईन्द्र बहादुर थापा श्री पितर बकिनसेला ।