झापा दमक, १४ पौष २०६९ मा सम्पन्न नेपाल मगर सँघ झापाको जिल्ला अधिवेशनको उद्घाटन सत्रमा पूर्व केन्द्रीय अध्यक्ष श्री गोरेवहादुर खपांगीलाई अभिनन्दन । सोही कार्यक्रममा मगर चलचित्रकर्मी संजोग लाफा पनि सम्मानित । मगर जातिलाई जातीय चेतना सहित अधिकार प्राप्तिको लागि एकतावद्ध गर्न अतुलनीय योगदान पुर्याएकोमा कदर गर्दै पूर्वमन्त्री एवं नेपाल मगर संघका पूर्व अध्यक्ष गोरेबहादुर खपाङ्गी मगरलाई नेपाल मगर संघका केन्द्रीय अध्यक्ष महेन्द्र थापा मगरले नेपाल मगर संघ झापा जिल्ला समितिको दशौं अधिवेशन उद्घाटन समारोहमा भव्यरुपमा अभिनन्दन गर्नुभयो । अभिनन्दन मन्तव्य क्रममा मगर जातिको अहिले पनि पित्त नभएकोले चित्त नदुःखेको तर्क दिदै भने– ‘मैले राजाको हातको टिका लगाएकोमा चित्त दुःखाउने तर अनिवार्य संस्कृत शिक्षालाई हटाएकोमा केहि नबोल्ने रु’ प्रतिप्रश्न गर्दै खपाङ्गी मगरले मनतव्य राखेका थिए । विगत लामो ४ दशकदेखि गाउवस्तीहरुमा पुगी मगर जातिलाई पुनर्जागरणको महान अभियानमा त्याग गरेवाफत कदरस्वरुप अभिनन्दन गरिएको आयोजकको निश्कर्ष । यसप्रकारको अभिनन्दन कार्यक्रमले सिंगो मगर जातिमा पे्ररणाको उर्जा आउने हुँदा अन्य जिल्लाहरुको सन्दर्भमा पनि सिकाई हुने आयोजकको विश्वास ।
सत्ताधारीवर्गको वैचारिक प्रभावको कारण मगर जातिभित्रकाले पनि खपांगीलाई हेर्ने दृष्टिकोण राजनीतिक पक्षवाट मात्र हुने गरेको । मगरलगायत अन्य जनजातिको सन्दर्भमा यो दृष्टिकोण आफैमा गलत । विगत ४ दशकदेखि मगर जातिलाई जागृत गराउने खपांगीको जुन अभियान हो त्यो सामाजिक पक्ष । खपांगीमा राजनीतिक र सामाजिक दुवै आयाम विद्यमान । मगर जातिमा पुग्ने खपांगीको जुन अभियान हो त्यसमा व्यवधान आउनुमा सत्ताधारीवर्गको वैचारिक प्रभाव मूल जिम्मेवार ।
खपांगीलाई मगर जातिको वीचमा पुग्न नदिने सत्ताधारीवर्गको जुन वैचारिक साङ्लो छ त्यो साङ्लोलाई झापावासी मगर जातिले चुडालिदिए । यो अदम्य शाहस हो । घाम पहिला पूर्वमा झुल्कन्छ अनि पश्चिममा । सत्ताधारीको वैचारिक साङ्लो चुडाल्ने काम पनि नेपालको पूर्ववाट नै शुरु भयो । यस अभिनन्दन कार्यक्रमले अन्य जिल्लाका मगरहरुलाई पनि पुनर्विचार गर्न वल पुरयाएको छ । मगर साहित्य, चलचित्रको माध्यमवाट मगर भाषा, संस्कृतिको उत्थान गर्न योगदान पुर्याए वापत सञ्जोग लाफा मगरलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा भविष्यवेत्ता रेम सारु मगर, निवर्तमान कोषाध्यक्ष जगत राना मगर, एसएलसी परिक्षामा झापा सर्वोत्कृष्ट रोशिका बुढाथोकी, झापा लिटिल सङ स्टार सुदृष्टि राई, राष्ट्रिय चेस खेलाडी निराजन निरौलालाई पनि सम्मानित गरेको थियो ।
यसपटक खपांगी झापा पुगेकै सन्दर्भमा पौष १५ गतेको दिन राजमुपा क्षेत्रीय सम्पर्क कार्यालय झापाको आयोजनामा पूर्वमहासचिवको हैसियतले देशको समसामयिक राजनीतिक परिस्थितिवारे अन्तरक्रिया कार्यक्रम सम्पन्न । पौष १६ गते आदिवासी जनजाति महासँघको प्रतिनिधि श्री टोप गाछी र नेपाल मगर सँघ प्रारम्भिक कमिटिको संयूक्त संयोजकत्वमा आदिवासी जनजाति अधिकारसम्वन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न । पौष १७ गतेको दिन नेपाल मगर विद्यार्थी सँघ जिल्ला समिति झापाको आयोजकत्वमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न हुदै । साथै, झापा जिल्लावाट प्रशारण हुने हिम शिखर टेलिभिजनमा देशको जल्दोवल्दो राजनीतिक परिस्थितिवारे अन्तरवार्ता दिदै । साथै मगर नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । अध्यक्ष पर्शुराम क्यापछाकी मगरको सभापतिमा सम्पन्न अधिवेशनले रमेश ल्हायो मगरको नेतृत्वमा नयाँ कार्य समिति चयन पनि गर्यो ।